रत्नपार्क गेटको पछाडिपट्टि भूइँमा बसेका अर्जुन कुँवरलाई मानिसहरूको हात हेर्न भ्याई(नभ्याई हुन्छ । त्यो बाटो आवतजावत गर्ने जोकोहीको आँखा पुग्छ उनीमाथि । तीमध्ये केही उनको अगाडि हात पसार्छन् आफ्नो भविष्य देख्ने आशामा । “कहिलेकाहीँ अलि धेरै पनि आउँछन् । कहिले एकजना पनि हुँदैनन्,” कुँवरले सुनाए ।
ज्योतिषमा विश्वास गर्नेमध्येका एक हुन् रामचन्द्र लामिछाने । भन्छन्, “मलाई अहिलेसम्म ज्योतिषीले भनेको कुरा सबै पुगेको छ । ज्योतिषीले मेरो वर्तमानदेखि भविष्यसम्म सबै मिलाएका छन् ।”
रामप्रसाद न्यौपाने पनि पहेँला कपडा लगाएर सडक पेटीमा बसेको धेरै भइसक्यो । भूइँमा एउटा कपडा ओछ्याएका हुन्छन् अनि साथमा हुन्छ एउटा किताब । उनी सडक पेटीमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक पेटीमा मानिसको हातको रेखा र भाग्य पढ्नलाई पर्खेर बसिरहन्छन् । न्यौपाने भन्छन्, “म पहिल्यैदेखि ज्योतिषी हैन, बीचमा आएर सिकेको विद्या हो यो ।” दैनिक सरदर ४÷५ जनाको हात हेर्ने न्यौपाने ग्रह शान्ति, पाठपूजा सबै गर्छन् ।
राजधानीका सडक पेटीमा नेपालीमात्र नभएर भारतिय ज्योतिषहरू बसेका छन् । त्रिभुवन विमानस्थल प्रवेशद्घार अगाडिको चौरमा पनि लहरैसँग ३÷४ जना पहेँलो वस्त्रधारी ज्योतिषी बसेका देखिन्छन् । उनीहरुका मुख्य ग्राहक वैदेशिक रोजगारीमा जान लागेका नेपाली युवाहरु हुन् ।
भारतको हैदरावादबाट आएका राम प्रसादले हात हेर्न थालेकै १६-१७ वर्ष भइसकेको छ । उनी भन्छन्, “मलाई यो हात हेर्ने विद्या पहिले आउँदैनथ्यो, पछि गुरुसँग सिकेको हो । यसबाट जीविका चलाउन गाह्रो छ ।” राम प्रसाद मुस्किलले दिनभरिमा ४ सय रुपैयाँ कमाउँछन् ।
ज्योतिषीलाई विश्वास गर्ने र नगर्ने दुवै जमात ठूलो छ । नक्सालकी शर्मिला खनाल (नाम परिवर्तन) भन्छिन्, “४ वर्षअघि एकजना महिला ज्योतिषीलाई चिना देखाएकी थिएँ । त्यतिखेर उनले मलाई तपाईंलाई पेटसम्बन्धी रोग लाग्न सक्छ, एकपटक राम्रोसँग जँचाउनू । ढिलो भयो भने रोग पत्ता लाग्न गाह्रो हुन्छ भनेकी थिइन् । अहिले त्यस्तै भइरहेको छ । भारत पुगेर जँचाउदा पनि रोग पत्ता लागेन ।”
अधिकांश मानिसहरु आफूलाई समस्या परेपछि ज्योतिषीकहाँ पुग्छन् । मोरङकी रिता कार्की (नाम परिवर्तन) भन्छिन्, “जीवनमा धेरै पिर परेपछि उपाय खोजिँदोरहेछ । अहिले पनि धेरै समस्यामा परेर हात देखाउन गएकी हुँ। भनेको सबै मिलेको छ ।”

कतिपयलाई भने ज्योतिषीले समस्याको समाधान गरिदिने नभएर डरमात्र पैदा गरिदिने धारणा राख्छन् । सरोज खड्का (नाम परिवर्तन) भन्छन्, “एकपटक ज्योतिषीलाई हात देखाएको थिएँ, मलाई त मर्ने भविष्यवाणी गरिदिए । त्यसपछि सधैं डरत्रासमै बित्यो । ज्योतिषीको काम डर देखाउने मात्रै हो

0 comments
प्रतिक्रिया दिनुहोस्...