डकु ड्रामा 'डाइङ क्यान्डल' को हिजो काठमाडौं कमलपोखरी बिगा मुभिज मा प्रिमियर शो भयो। हलिउडको क्वीन्स फेस्टिभलमा उपाधी जितेर आएको फिल्म नेपालका लागि माघ २८ गते शुक्रबारबाट सार्वजनिक हुँदैछ।
दिदी र भाइको आत्मीय सम्बन्धको चित्रण नै फिल्मको मुख्य विषय हो । फिल्ममा कलाकार सिर्जना सुब्बा प्रोटागनिस्ट रहेकी छिन्। सिर्जनासँगै लाक्पा सिंगे लामा, सौगात मल्ल र अर्पणा थापाको मुख्य अभिनय रहेको छ।
फिल्मको पहिलो विशेष शोमा विभिन्न कलाकार साथै शहरी बिकास मन्त्री अर्जुना नरसिंह केसी, बैंकर अनिल केशरी शाह लगायतको पनि उपस्थिती रहेको थियो।

0 comments
प्रतिक्रिया दिनुहोस्...