वैज्ञानिकहरुले पुरुषका लागि नयाँ गर्भनिरोधक जेल (क्रिम) विकास गरेका छन्। जसलाई पुरुषले प्रयोग गर्ने कन्डम लगायत अन्य अस्थायी साधनको विकल्पका रुपमा प्रयोग गर्न सकिनेछ। उक्त जेल बाँदरहरुमा सफल प्रयोग भएको वैज्ञानिकहरुले बताएका छन्। क्रिमलाई लिंगभित्र वीर्य झर्ने नलीमा सुईमार्फत लगाइन्छ, ताकि वीर्य लिंगबाट बाहिर आउन नपाओस्।
दुई वर्षको परीक्षणपछि बाँदरमा यो सफल भएको जेल उत्पादक कम्पनी भसालजेलले जनाएको छ। केही वर्षपछि मानिसमा पनि सो जेल प्रयोग हुने कम्पनीले जनाएको छ। यदि, जेलको सफल प्रयोग भएमा पुरुषका लागि कन्डमपछिको दोस्रो महत्वपूर्ण परिवार नियोजनको साधन मानिनेछ।
अहिले पुरुषहरुका लागि केबल दुई वटा विकल्प छन्। कन्डम लगाउने वा स्थायी बन्ध्याकरण गर्ने। जेलले बन्ध्याकरणले भन्दा सजिलो सेवा दिने वैज्ञानिकहरुको दाबी छ।
अमेरिकाको युनिर्भसिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले १६ वटा वयस्क बाँदरमा यसको परीक्षण गरिसकेका छन्। वीर्य निस्कने नलीमा जेल राखिदिएपछि बाँदरहरुलाई एक साता अनुगमन गरी पोथी बादरसँग छोडिएको थियो। बाँदरले बादर्नीसँग सम्भोग गथ्र्यो, तर कुनै पनि पोथी बाँदर गर्भवती भएका थिएनन्। बाँदरको अत्यधिक प्रजनन हुने समयमा सो अध्ययन गरिएको थियो।
जेलले केही बाँदरलाई साइडइफेक्ट पनि गरेको थियो। किनकि एउटा इन्जेक्सन वीर्य नलिभित्र छिराउन वैज्ञानिकहरु विफल भएका थिए भने अर्को बाँदरको ट्युब नै बिग्रिएको थियो। बयस्क बाँदरको गर्भ नियन्त्रण गर्न जेल निकै प्रभावकारी सावित भएको छ, अध्ययन टोलीकी वैज्ञानिक प्रा. एलन प्यासीले भनिन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...