आफ्नो फिल्म ‘रईस’ को सफलता पछि शाहरुख खानले केही दिन पहिले यसको सक्सेस पार्टी राखेका थिए । यसका साथै उनी छोरा अबरामसँग अमृतसरको स्वर्ण मन्दिर पनि पुगे । शाहरुख फिल्मको सफलताले यति खुसी भएका छन् कि उनले थुप्रै अन्तर्वार्तामा यो कुराको खुलासा गरिसकेका छन् । केही दिन अघि एआईबीलाई दिएका एक अन्तर्वार्ताको क्रममा शाहरुखले आफ्नो जीवनसँग जोडिएका केही रोचक कुरा बताएका छन् ।
शाहरुख खानलाई अमिताभ बच्चनले स्टेजमा जानुभन्दा पहिले आफ्नो पाइन्टको चेन चेक गर्न सल्लाह दिएको बताएका छन् । शाहरुखले आफू र अमिताभ बच्चनसँग बिच भएको एक रमाइलो घटनाको स्मरण गर्दै यो कुराको खुलासा गरेका छन् । उनी भन्छन्, ‘एक पटक म र बीग बी ब्याकस्टेज कुरा गरिरहेका थियौं । त्यतिबेला नै उनले अमिताभ बच्चनलाई सोधे, स्टेजमा जानुभन्दा पहिले के गर्नुपर्छ ?’ यसको उत्तरमा उनले भने, ‘सबैभन्दा पहिले पाइन्टको चेन चेक गर्नुपर्छ ।’
बीग बीले भने– गल्ती भए हात जोडेर माफी माग्नुः
यसका साथै अमिताभले शाहरुखलाई अर्को एक अर्थपुर्ण सल्लाह दिए । अमिताभको भनाई उद्धृत गर्दै शाहरुखले भने, ‘अब तिमी एक ठूला स्टार हौ । यदि तिमीले केही गर्यौ भने त्यसमा कतै न कतै तिमीलाई नै गलत देखाइनेछ । त्यसकारण आफूले केही गल्ती गरेजस्तो भान भए हात जोडेर माफी माग्नु ।’
यदि यसमा मेरो गल्ती नै छैन भन्ने शाहरुखको प्रश्नको उत्तर दिँदै अमिताभले भने, ‘त्यही त भन्दै छु, माफी माग्नु भनेर र तिमी जता जान्छौ त्यहाँ झुकेर कुरा गरे । यदि कसैले तिमीलाई अभद्र व्यवहार गरे, तिमीलाई मुक्का हाने र तिमीले पनि ती व्यक्तिलाई मुक्का हान्यौ भने थाहा छ मानिसले तिमीलाई के भन्छन् ? तिमी ड्रंक थियौ । पैसाले गर्दा आँखा देखेनौ । तिमी निकै नराम्रो मानिस हौ, तिमी भ्रष्टाचारी हौ ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...