वीरगन्जको नारायणी उप-क्षेत्रिय अस्पतालबाट नवजात शिशुको चोरी भएको छ ।
२१ माघ बिहान १०ः३० बजे आशा देवि पासवानले अस्पतालमा शिशुलाई जन्म दिइन । दिउसो अस्पतालको बेडसंगै रहेकी एक अपरिचित महिलाले शिशुलाई खेलाएकी थिइन । शिशु खेलाउदा खेलाउदै उनै महिलाले लगेको कुरूवा बसेकी भाइ बुहारी खुश्बुले बताइन् ।
करिब दिउसो २ः२० बजे अचानक शिशु कता लग्यो भनेर खोज्दै गर्दा चोरी भएको खुलेको हो । शिशु चोरी भएको खुलेपछि अस्पताल तनावग्रस्त भएको छ ।
नवजात शिशु चोरिएपछि खोजि भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चितरञ्जन साहले बताए ।अहिले अस्पताल परिसरमा शिशुका आफन्तजनले प्रदर्शन गरिरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...