समीक्षक तथा सञ्जारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ आगामी बैशाख १ गतेदेखि रिलिज हुने भएको छ ।
चलचित्र प्रदर्शन मिति घोषणा गर्दै निर्माणमा समूहले चलचित्रको गीत युट्युबमार्फत सार्वजनिक गरेको छ । गीतको भिडियोमा दयाहाङ राई र केकी अधिकारीको अभिनय देख्न सकिन्छ ।
चलचित्रमा राई र अधिकारीका सहित अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिेर, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रको लेखन निर्देशक लामाले नै गरेका हुन् ।
वीरगन्जको नारायणी उप-क्षेत्रिय अस्पतालबाट नवजात शिशुको चोरी भएको छ ।
२१ माघ बिहान १०ः३० बजे आशा देवि पासवानले अस्पतालमा शिशुलाई जन्म दिइन । दिउसो अस्पतालको बेडसंगै रहेकी एक अपरिचित महिलाले शिशुलाई खेलाएकी थिइन । शिशु खेलाउदा खेलाउदै उनै महिलाले लगेको कुरूवा बसेकी भाइ बुहारी खुश्बुले बताइन् ।
करिब दिउसो २ः२० बजे अचानक शिशु कता लग्यो भनेर खोज्दै गर्दा चोरी भएको खुलेको हो । शिशु चोरी भएको खुलेपछि अस्पताल तनावग्रस्त भएको छ ।
नवजात शिशु चोरिएपछि खोजि भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चितरञ्जन साहले बताए ।अहिले अस्पताल परिसरमा शिशुका आफन्तजनले प्रदर्शन गरिरहेका छन् ।
आफ्नो फिल्म ‘रईस’ को सफलता पछि शाहरुख खानले केही दिन पहिले यसको सक्सेस पार्टी राखेका थिए । यसका साथै उनी छोरा अबरामसँग अमृतसरको स्वर्ण मन्दिर पनि पुगे । शाहरुख फिल्मको सफलताले यति खुसी भएका छन् कि उनले थुप्रै अन्तर्वार्तामा यो कुराको खुलासा गरिसकेका छन् । केही दिन अघि एआईबीलाई दिएका एक अन्तर्वार्ताको क्रममा शाहरुखले आफ्नो जीवनसँग जोडिएका केही रोचक कुरा बताएका छन् ।
शाहरुख खानलाई अमिताभ बच्चनले स्टेजमा जानुभन्दा पहिले आफ्नो पाइन्टको चेन चेक गर्न सल्लाह दिएको बताएका छन् । शाहरुखले आफू र अमिताभ बच्चनसँग बिच भएको एक रमाइलो घटनाको स्मरण गर्दै यो कुराको खुलासा गरेका छन् । उनी भन्छन्, ‘एक पटक म र बीग बी ब्याकस्टेज कुरा गरिरहेका थियौं । त्यतिबेला नै उनले अमिताभ बच्चनलाई सोधे, स्टेजमा जानुभन्दा पहिले के गर्नुपर्छ ?’ यसको उत्तरमा उनले भने, ‘सबैभन्दा पहिले पाइन्टको चेन चेक गर्नुपर्छ ।’
बीग बीले भने– गल्ती भए हात जोडेर माफी माग्नुः
यसका साथै अमिताभले शाहरुखलाई अर्को एक अर्थपुर्ण सल्लाह दिए । अमिताभको भनाई उद्धृत गर्दै शाहरुखले भने, ‘अब तिमी एक ठूला स्टार हौ । यदि तिमीले केही गर्यौ भने त्यसमा कतै न कतै तिमीलाई नै गलत देखाइनेछ । त्यसकारण आफूले केही गल्ती गरेजस्तो भान भए हात जोडेर माफी माग्नु ।’
यदि यसमा मेरो गल्ती नै छैन भन्ने शाहरुखको प्रश्नको उत्तर दिँदै अमिताभले भने, ‘त्यही त भन्दै छु, माफी माग्नु भनेर र तिमी जता जान्छौ त्यहाँ झुकेर कुरा गरे । यदि कसैले तिमीलाई अभद्र व्यवहार गरे, तिमीलाई मुक्का हाने र तिमीले पनि ती व्यक्तिलाई मुक्का हान्यौ भने थाहा छ मानिसले तिमीलाई के भन्छन् ? तिमी ड्रंक थियौ । पैसाले गर्दा आँखा देखेनौ । तिमी निकै नराम्रो मानिस हौ, तिमी भ्रष्टाचारी हौ ।’
वरुण धवन र आलिया भट्टले बिहिबार फिल्म ‘बद्रिनाथकी दुल्हनिया’ को ट्रेलर लञ्च गरे । यी दुईले फिल्मको सुटिङसँग जोडिएका केही रोचक कुरा भारतीय मिडियासँग गरेका छन् ।
फिल्मको सेटमा थुप्रै पटक वरुणले नशाको मातमा सुटिङ गरेका छन् । उनले रमाइलो गर्नका लागि नगरी त्यहाँको स्थिती हेरेर गर्नुपरेको वरुणले बताएका छन् । फिल्ममा थुप्रै पटक तपाईंले वरुणलाई नशामा पाउनुहुनेछ । यसबारे वरुण भन्छन्, ‘हो सेटमा मैले थुप्रै पटक रक्सी पिएको छु । मैले थुप्रै पटक निर्देशक शशांक खेतान र आलिया भट्टमाथि रिस पोखेको छु ।’ वरुणको कुरा सुनेर आलिया झट्ट भन्छिन्, ‘वरुणले आफू ठिक भएको भन्थ्यो तर ऊ पूर्ण रुपमा नशामा डुबेको हुन्थ्यो ।‘वरुणले आफू ठिक भएको भन्थ्यो तर ऊ पूर्ण रुपमा नशामा डुबेको हुन्थ्यो ।’
वरुण भन्छन्, ‘आलिया राम्री बुहारी बन्नेछिन्’
सार्वजनिकको क्रममा जब आलिया भट्टलाई वास्तविक जीवनमा कस्तो प्रकारको बेहुली बन्न चाहनुहुन्छ भन्ने प्रश्नमा आलियाले केही भन्नुभन्दा पहिले वरुणले तुरुन्त जवाफ दिए, ‘मलाई लाग्छ आलिया भट्ट निकै राम्री बुहारी बन्न सक्छिन् ।’
वरुणको यस्तो जवाफमा उनका मेन्टर करण जोहरले आखिर किन उनलाई आलिया एक राम्री बेहुली नभई राम्री बुहारी बन्नेछन् भन्ने प्रश्न सोध्दा उनले त्यसको केही जवाफ दिएनन् ।
काठमाडौं । नायिका रेखा थापा बेहुली बनेकी छन् । यो सँगै उनको बेहुली बन्ने रहर पनि पुरा भएको छ ।निर्मार्ता एवं निर्देशक छविराज ओझासँगको डिभोर्सपछि एक्लै रहेकी नायिका रेखा थापालाई बेहुली बन्ने रहर लागिरहेको थियो । यतिमात्रै होइन् उनले आफूलाई आमा बन्ने इच्छा लागेको र आगामी वर्षभित्र विहे गर्ने योजना समेत केही समयअघि राप्रपामा प्रवेश गर्दा सुनाएकी थिइन् ।
विहे र आमा बन्ने इच्छा रेखाले जाहेर गरिरहेका बेला उनी सोमबार (आज) उत्तरबाहिनी मन्दिरमा एकाएक बेहुली भेषमा देखिइन् । अपरिचित बेहुलासँग उनी बेहुली बनेको देखेपछि मन्दिरमा फ्यानको एकाएक भीड लाग्यो ।
वास्तवमा उनको विहे फिल्म ‘हिरो रिटन्र्स’ लागि भइरहेको थियो । यसै फिल्मका लागि उनी अभिनेता दिल श्रेष्ठको दुलही बनेकी हुन् । दुलही बनेर उनले फिल्मका लागि केही दृश्य छायाँकन गरेकी थिइन् । यद्यपी त्यहाँ उपस्थित फ्यानलाई भने साच्चिकै विहे भइरहेको अभास भइरहेको थियो ।फिल्ममा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ ।
विहे र आमा बन्ने इच्छा रेखाले जाहेर गरिरहेका बेला उनी सोमबार (आज) उत्तरबाहिनी मन्दिरमा एकाएक बेहुली भेषमा देखिइन् । अपरिचित बेहुलासँग उनी बेहुली बनेको देखेपछि मन्दिरमा फ्यानको एकाएक भीड लाग्यो ।
वास्तवमा उनको विहे फिल्म ‘हिरो रिटन्र्स’ लागि भइरहेको थियो । यसै फिल्मका लागि उनी अभिनेता दिल श्रेष्ठको दुलही बनेकी हुन् । दुलही बनेर उनले फिल्मका लागि केही दृश्य छायाँकन गरेकी थिइन् । यद्यपी त्यहाँ उपस्थित फ्यानलाई भने साच्चिकै विहे भइरहेको अभास भइरहेको थियो ।फिल्ममा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ ।





