-->
आईसियु कक्षका स्वास्थ्यकर्मीले शिशुको खुट्टा नै भाँचिदिएपछि…

उपचार कक्ष) मा एक स्वास्थ्यकर्मी युवकले नवजात शिशुको खुट्टा भाँचिदिए भन्दा पत्यार नलाग्न सक्छ । तर भारतको उत्तराखण्डस्थित रुडकीको एक अस्पतालमा यस्तै घटना भएको छ ।
आईसियुमा नवजात शिशुकै हेरचाहको लागि खटिएका स्वास्थ्यकर्मीले शिशु रोएर निन्द्रामा डिस्टर्र्ब पुर्याएपछि आवेशमा आएर शिशुको खुट्टा नै भाँचिदिएका हुन् ।
आजतकले जनाए अनुसार रुडकीका स्थानीय वर्णिककी पत्नीले छोरालाई जन्म दिएकी थिईन् । नवजात शिशुको स्वास्थ्य अवस्था नाजुक देखिएपछि आईसियुमा राखिएको थियो ।
आईसियुमा राखिएको बच्चा राती अचानक रोएपछि पहिले स्वास्थ्यकर्मीले जसोतसो बच्चालाई चुप गराए । तर केही समय पछि फेरी बच्चा रोएपछि निन्द्रामा रहेका उक्त स्वास्थ्यकर्मीले रिसमा बच्चाको खुट्टा भाँचिदिएका हुन् ।
बच्चा एकोहोरो रुन थालेपछि चेकजाँचका क्रममा उनको खुट्टा भाँचिएको पत्ता लागेको हो । आईसियुमा रहेको नवजात शिशुको खुट्टा नै भाँचिएपछि पीडितले प्रहरी रिपोर्ट गरेका थिए । अनुसन्धानका क्रममा सीसीटिभी फुटेजबाट हेरचाह गर्न बसेका स्वास्थ्यकर्मीले नै शिशुको खुट्टा भाँचेको पत्ता लागेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.