काठमाडौं, २५ माघ — सन् २००७ मा पतञ्जलि आयुर्वेद शुरु हुँदा दश वर्षभित्रै यसले बहुराष्ट्रिय कम्पनीहरूलाई चुनौती देला भनी कसैले पनि सोचेका थिएनन् ।
तर यही भयो । योगगुरु रामदेवले ब्यानरदेखि लिएर टिभीसम्ममा आफ्ना कम्पनीका सामानको विज्ञापन गरिरहेका छन् । उनको कम्पनी हजारौं करोड रूपैयाँ कमाउने साम्राज्य बनिसकेको छ ।
सन् २०१५–१६ मा पतञ्जलि आयुर्वेदको कमाइ आठ हजार करोड पुगेको थियो । त्यसभन्दा ठ्याक्कै अघिको वर्षभन्दा यो १५० प्रतिशत बढी हो ।
सन् २०१६–१७ मा १६ हजार करोडको कमाइ गर्ने लक्ष्य पतञ्जलि आयुर्वेदले बनाएको छ । पाँच वर्षमा कम्पनीको कमाइ दश गुणाले बढेको छ ।
सफलताको कारण भनेको पतञ्जलि आयुर्वेदको विस्तार हो । कम्पनीले भारतका कैयौं राज्यमा प्लान्ट र फूड पार्क बनाएको छ । बाबा रामदेवको जमीन धेरै ठाउँमा छन् ।
असमको तेजपुरमा १५० एकड, उत्तर प्रदेशमा ४५० एकड, मध्य प्रदेशमा ४०० एकड, महाराष्ट्रमा २३० एकड जमीन पाउने सम्झौता त्यहाँका सरकारसँग बाबा रामदेवले गरिसकेका छन् ।
यसका अलावा दक्षिण भारतमा पनि आफ्नो कम्पनी विस्तार गर्न रामदेव लागिपरेका छन् । हालै पतञ्जलि आयुर्वेदका सीईओ आचार्य बालकृष्ण कृष्णापटनम र वरिपरिका औद्योगिक क्षेत्र घुमेर आएका थिए ।
अहिले पतञ्जलि आयुर्वेदको सबभन्दा ठूलो केन्द्र हरिद्वारमा छ । पतञ्जलि फूड एन्ड हर्बल पार्कमा धेरैथरी एकाइले काम गर्छन् ।
कम्पनीले नेपालमा पनि पाउ जमाइसकेको छ ।
अनि स्कटल्यान्डमा पनि पतञ्जलि योगपीठ ट्रस्टले एउटा द्वीप पाएको छ । लिटिल कम्ब्री द्वीपमा ट्रस्टले योग पर्यटन प्रवर्द्धन गरिरहेको छ अनि त्यहाँ अन्तर्राष्ट्रिय योग केन्द्र बनाउने योजना बुनिँदैछ । को सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...