काठमाडौ– चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरी केबलकारले २०७३ साल फागुन महिनाभारका सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिने भएको छ ।
छुट व्यवस्था अनुसार ७ सय पर्ने केबलकार टिकट रु. ३ सय पचासमा प्राप्त गर्न सकिनेछ चन्द्रागिरी हिल्सले जनाएको छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैनन । सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । व्यवस्था अनुसार एक जना यात्रुले एउटा मात्र टिकट लिन सक्नेछन् ।
चन्द्रागिरी हिल्सले केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुका लागि अशोक लेलेण्डका े४२ सिट क्षमताको निः शूल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क,बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्कीहुँदै चन्द्रागिरि केबलकार सम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना,बल्खु,कलङ्कीहुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ।
Rato Patiबाट
श्रावन ३,काठमान्डौ-
भगवान शिवका पिता को हुन? निकै कौतुहलता जगाउने यो प्रश्न जस्तै उत्तर पनि त्यतिनै रोचक छ। मानिनै आएको छ कि शिवको मातापिता छैनन। शिव अनादी अनि अनन्त छन्। शिवको कुनै जन्म छैन अनि अन्त्य पनि।
एक पटक एक सन्तले शिवलाई सोधे, ‘हे प्रभु! तपाइको पिता को हुनुहुन्छ?’ भगवान शिवले भने, ‘ब्रह्मा जी मेरो पिता हुनुहुन्छ।’सन्तले फेरी सोधे, ‘तपाइको हजुरबुबा को हुनुहुन्छ?’ शिवले जवाफ दिए, ‘भगवान विष्णु मेरो हजुरबुबा हुनुहुन्छ।’
सन्तले जिज्ञासु हुदै शिवलाइ हजुरबुबाको बुवाको बारेमा सोधे , ‘तपाइको जिजुबुवा को हुनुहुन्छ?’ शिवले स्तब्ध पार्दै भने, म स्वय हुँ।यति पढेपछि तपाइको दिमाग चक्कराउन सक्छ तर शिवको कहानी एक वृत हो। वृतको कुनै सुरुवात हुँदैन, अन्त्य पनि हुँदैन।
शिवको जन्म बारे अर्को कथा:
एक दिन ब्रह्मा र विष्णु को शक्तिशाली भन्दै वादविवाद गर्दै थिए। अकस्मात प्रकासको एक खम्बा प्रकट भयो। सो प्रकासको खम्बा यति ठुलो थियो कि पृ्थ्वी, आकास र क्षितिजसम्म फैलिएको थियो। ब्रह्मा र विष्णुले सो खम्बाको सुरु र अन्त्य भेट्न सकेनन। द्धविधा परे।केही समय पश्चात सो खम्बाबाट भगवान शिव प्रकट भए।यो पुरै कहानीले पनि शिवको सुरु र अन्त्य नभएको बताउँछ।
। एसएस राजामौलीले गरेर देखाए । जो कसैले सोचेको पनि थिएन । ‘बाहुबली २’ पछि उनी अर्को चलचित्र ‘महाभारत’ बनाउन गइरहेका छन् । यो चलचित्रका लागि तीन जनाको नाम फाइनल भइसकेको छ । ती तीन सुपरस्टार एकैसाथ देखिनेछन् ।
काठमाडौं
रजनीकान्त, मोहनलाल र आमिर खान राजामौलीको ‘महाभारत’को हिस्सा भइसकेका छन् ।
जो हिन्दी, तमिल र तेलुगु भाषामा बन्नेछ । यी अभिनेतासँगको साथमा यो भारतकै सबैभन्दा ठूलो चलचित्र हुनेछ । चलचित्रको बजेट ८०० करोड हुने भनिएको छ ।
यद्यपि यी तीन स्टारहरूले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्ने छन्, यो अहिले तय भइसकेको छैन । आमिर खान यो चलचित्रमा कृष्णको भूमिकामा देखिन सक्छन् । यो चलचित्रसँगै भारतीय सिनेमा उद्योगले सबैभन्दा ठूलो प्रोजेक्ट पाएको छ ।
यदि यो प्रोजेक्ट तिनै ‘ड्रिमकास्ट’ सँग योजना बनाइएको हो भने यो खबरले फ्यानमा खुसी र उत्साह त्यति नै बढी देखिनेछ । र, बलिउडका लागि ठूलो कीर्तिमानी पनि हुनेछ ।
राजामौलीले यो प्रोजेक्टका बारेमा कुराकानी गर्दै चलचित्र तीन भागमा रिलिज हुने बताए । चलचित्र पूरा हुन ४–५ वर्ष लाग्नेछ । तर, उनी यो प्रोजेक्टमा संवेदनशीलताका साथ पूरा मिहिनेतका साथ लाग्नेछन् । चलचित्रले बक्सअफिसमा सुनामी ल्याउने अनुमान गरिएको छ । को सहयोगमा
एजेन्सी।हाम्रो अगाडि महाभारतभन्दा अर्को दोस्रो उदाहरण हुन सक्दैन । हो, अभिमन्युले आमा सुभद्राको गर्भबाटै धेरै कुरामा निपुणता हाँसिल गरेका थिए । यस बारे थाहा नहुने सायदै कोही होला । वास्तवमा, गर्भवती महिलाको स्वास्थ्यदेखि निकै स–साना कुराहरुको ख्याल राख्नुपर्छ जसको असर गर्भमा रहेको बच्चामा समेत पर्ने गर्दछ । गर्भवती हुँदा आमाले जुन वातावरण पाउँछिन् बच्चा पनि त्यस्तै हुन्छ । यस्तो अवस्थामा हामीले वास्तु शास्त्रलाई अनुसरण गर्ने प्रयास गर्नुपर्ने हुन्छ । वास्तुशास्त्रको अनुसार यदि केही विशेष कुरा गर्भवती महिलाको कोठामा राखे महिला र बच्चा दुबै स्वस्थ रहनुका साथै जन्मिने बच्चा निकै गुणी र प्रतिभावान् हुनेछ ।
१.मयुरको प्वांखः
मयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ । मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।
२. कृष्ण र आमा यशोदाको तस्बिरः
आफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।
३. पहेंलो चामलः
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
४. वास्तुदेवको तस्बिरः
थुप्रै पटक कोठाको वास्तुमा गडबडी आउने गर्दछ जुन हामीलाई थाहा हुँदैन । र यसको असर आमा र बच्चा दुबैमा पर्छ । त्यसकारण वास्तुदोषलाई हटाउनका लागि कोठामा वास्तु देवको मूर्ती वा तस्बिर राखेमा राम्रो मानिन्छ । यसले आमा–बच्चामा आइपर्ने समस्याबाट जोगाउँछ ।
५. गुलाबी रंगः
गुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।
६.तामाको केही वस्तु :
तामा नराम्रो नजरबाट बचाउनमा निकै प्रभावकारी मानिन्छ । यति मात्र होइन, यसले नकारात्मकता हटाउन पनि सहयोग गर्दछ । यस्तो अवस्थामा तामाबाट बनेको केही वस्तु कोठामा पक्कै पनि राख्नुहोस् ।
७. हाँसिरहेको, खुसी भएको बच्चाको तस्बिरः
कोठामा हाँसिरहेको र खुसी भएको बच्चाको तस्बिर टाँस्दा जन्मिने बच्चा हँसिलो र शान्त हुने कुरा धेरै मानिसलाई थाहा होला । यो तस्बिर उत्तरपट्टीको भित्तामा राख्दा शुभ मानिन्छ ।
८. राम्रो स्वास्थ्यका लागि सेतो रङः
सेतो रङ शान्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ । यो रंगको कुनै तस्बिर र शो पिस कोठामा राख्दा आमा र बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ
‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन्। नेप्लिज फेशन होमले बुधबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भएको अन्तिम स्पर्धामा २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज जितेकी हुन्। उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन्।
प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हाँसिल गरिन् भने १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले जितिन्।
अन्य विभिन्न उपाधि तर्फको प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए।
यस्तै विनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते। समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए।
उद्धोग राज्यमन्त्री कृष्ण बादेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक, हिट्को कम्पनीका निर्देशक प्रदीपमान प्रधान, कार्टुनिष्ट रबिन सायमी, पूर्व मिस नेपाल एलिशा बज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, नमुन कलेज अफ फेशन टेक्नेलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एशोसियसनका सँस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ रहेका थिए।
नेवार समुदायका युवतीहरुलाई नेवारी संस्कृति, भाषा, भेषभुषाको संरक्षण सम्बर्धनमा लगाउँदै उनीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि मिस नेवा: बिगत १२ वर्ष देखि आयोजना गरिँदै आएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन्। गायिक निशा देशारको गायन र नेवा डान्स एकेडमीका कलाकारको नृत्यले कार्यक्रमलाई अध्यक्ष मनोरम तुल्याएको थियो।
प्रतिकृया दिनुहोस
काठमाण्डौ,२७ माघ । आज पनि सुनको भाउमा कुनै घट्बढ भएको छैन । २ दिन देखि फाइन गोल्डको मूल्य ५५ हजार ८ सय रहेकोमा आज पनि ५५ हजार ८ सयमा मा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि कुनै घट्बढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय १५ रूपैयाँ रहेकोमा आज पनि ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
यादव देवकोटा
इभ टिजिंग, यानीकि सार्वजनिक स्थानमा युवतीहरुलाई जिस्क्याउनु वा मनोवल गिराउने व्यवहार गर्नु । विशेष गरी दक्षिण एशियाली राष्ट्रहरुमा रोगकै रुपमा देखिएको छ । नेपालमा पनि यो एक सामाजिक समस्याको रूपमा मौलाउदै गएको छ ।
खास गरि सार्वजनिक स्थान र बाटोमा महिला तथा युवतीहरु पुरुषहरुको सिकार हुँदै आएका छन् । मानसिक तथा शारीरिक रूपमा निकै नै नकारात्मक असर भोग्दै आएका छन् शहरका महिला तथा युवतीहरु….चाहे त्यो काम गर्ने कार्यालय होस या सार्वजनिक यातायात या बाटो मा…. !
तर यस्तै एउटा घटनाले भने नितान्त फरक तर रोचक मोड लियो । एक २० बर्षीय युवतीले यस्तै हैरानी र उत्पीडनबाट स्वयम् आफैलाई बचाइनन्, पीडकलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने आँट गरिन् । एक साँझ निशा भट्ट स्कूटरमा आफ्नो गन्तव्य तिर लाग्दै थिइन् । दरबारमार्ग आए पछि उनलाई स्कूटरमा नै सवार दुई युवाहरुले पीछा गर्न थाले । उनलाई पीछा मात्र गरेनन, उनलाई विभिन्न अपशब्द बोल्दै जिस्काउन थाले ।
बालुवाटार स्थित नेशनल कलेजमा सामाजिक विज्ञान विषयमा स्नातक गरिरहेकी भट्टले ति युवाहरुलाई पाठ पढाउने निधो गरिसकेकी थिईन…केवल सहि समयको पर्खाइमा थिइन् निशा… ।
अन्ततः निशाले उपयुक्त स्थान र समय पाइन् । सोह्रखुट्टेको ओरालो लागेपछि गाडीहरु रोकिए । यहि समय ठीक हुने देखेर निशाले स्कुटर रोकेर ती युवाहरु भएको ठाउँ सरासर गईन् र ती युवाहरुलाई थप्पड हानिन् ।
यो घटना नजिक रहेका ट्राफिक प्रहरीको नजरमा समेत प¥यो । निशाले वृतान्त अवगत गराएपछि ट्राफिक प्रहरीले नजिकै रहेको प्रहरी वृत्तमा तिनै जनालाई लगेर थप अनुसन्धान गर्न थाल्यो । प्रहरी सामक्ष ती केटाहरुले आफुले गल्ती गरेको भन्दै क्षमायाचना गर्न थाले । आफुहरु विद्यार्थी भएको र आफ्नो परीक्षा समेत नजिकिदै गरेको भन्दै अब उपरान्त त्यस्तो कार्य कहिल्यै नगर्ने वाचा गरे । निशाले पनि प्रहरी समक्ष आफुले गल्ती गरेको कबुल गरेपछि ती युवाहरुलाई रिहा गर्न सहमत भईन र आफ्नो गन्तव्य तिर लागिन ।
घर पुगेपछि आमालाई सबै बेलाबिस्तार लगाइन् । आमाबाट आफ्नो हिम्मतको कदर स्वरूप स्यबास्सी पाउने आश गरेकी निशाले उल्टै आमाको गाली खाईन् । कारण थियो नेपाली समाज, नेपाली समाजमा चेली छोरीहरुलाई यस्तो घटनामा प्रतिकार नगर्नु भन्ने सिकाउने गरिन्छ । निशाकी आमाले पनि त्यही कुरा दोहोराइन् तर समाजमा यी यस्ता उद्दण्ड केटाहरुको विरुद्ध आवाज नउठाए यिनीहरुको मनोबल अझै बढ्ने र यो भन्दा ठुलो घटना गर्न पछि पर्दैनन् । नेपाली समाजलाई यस्ता कुरामा परिवर्तन गर्न अत्यन्त आवश्यक छ । नेपाली चेलीहरुलाई प्रतिकार गर्न सिकाएर उनीहरु कमजोर होइन आफ्नो सुरक्षा गर्न सक्षम छन् भन्ने कुरा सिकाउनु पर्छ ।
अनुराधा कोइराला, तसलिमा नसरिन र बेट्टी फ्रीडन जसले समाज परिबर्तनको लागि ठुलो भूमिका खेले र अन्तत सफलता हाँसिल गरे । कोहि पनि मानिस कमजोर हुदैन भन्ने निशाले यस्ता घटनालाई वास्ता गर्न हुन्न भन्ने सामाजिक बुझाईलाई स्वीकार गर्दिनन् तर जे होस् आफुले निडर भएर त्यसको सामना गर्दै आएको अनुभव सुनाउँछिन् ।
यिनकै बहादुरीबाट प्रभावीत भएर उनी आबद्ध भएको उज्यालो फाउन्डेसन नामक संस्थाले निडर नामको मोबाइल एप्सको विकास गरेको छ । कुनै महिला तथा युवती यी र यस्ता किसिमका हिंसामा परेका छन् भने यस एप्सको मद्दतले रिपोर्ट गर्न सक्ने छन् र आवश्यक सहयोग पाउन सक्ने छन् । समाजमा आफुले भोगेको हिंसालाई लुकाएर होइन अगाडी आएर हिम्मतका साथ सामना गर्न निशाले सम्पूर्ण नारीलाई आग्रह गरेकी छिन् ।
कुराकानीको अन्तमा फेरि एक पटक निडरताका साथ मुस्कुराउँदै उनले भनिन् – I could not teach them a lesson, They look terrified and shocked when I stopped my scooty and went towards them. I slapped him the on sitting behind.
एजेन्सी, २७ माघ – सामाजिक सञ्जाल फेसबुकका कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गलाई पदबाट हटाउने प्रयास भइरहेको छ।
फेसबुकका लगानी कर्ताले कार्यकारी अधिकृत जुकरवर्गलाई पदबाट हटाउनका लागि एक प्रस्ताव ल्याएका छन्। जुकरवर्गलाई हटाउनका लागि ल्याइएको प्रस्तावका लगानी कर्ता एक अनलाइन कन्ज्युमर वाचडाग समअफ यूएसका समेत सदस्य हुन्।
उनले एउटै व्यक्ति कार्यकारी अधिकृत र संस्थापक निर्देशक हुन उपयुक्त नहुने भएकाले त्यसले लगानीकर्ता पछि पछुताउनु पर्ने बनाउछ भदै यस्तो प्रस्ताव अघि सारेका हुन्।
लगानी कर्ताको यस प्रस्तावले जुकरवर्गलाई असर छर्दैन्
हालै यि लगानीकर्ताले ल्याएको प्रस्तावले फेसबुकका कार्यकारी अधिकृत जुकरवर्गलाई केही असर नपर्ने समाचारमा जनाइएको छ। उनीसँग कम्पनीको सबै भन्दा बढी लगानी रहेको छ। उनले दोस्रो संस्थापक निर्देशकसँग मिलेर उक्त प्रस्ताव खारेज गर्न सक्ने समाचारमा उल्लेख छ।
सन् २०१२ सालदेखि जुकरवर्ग फेसबुकको संस्थापक निर्देशकमा सामेल भएका थिए। उनी सामेल भएदेखि फेसबुकले लगातार राम्रो कमाइ गर्दै आएको छ।
कैलाली जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षको तुलनामा सम्बन्धविच्छेद गर्नेको संख्या २५ प्रतिशतले बढेको छ । वैवाहिक सम्बन्धमा समस्या र व्यक्तिगत स्वतन्त्रताको अति उपभोग गर्न खोज्दा परिवार विखण्डनका घटना बढेका छन् ।
जीवनभर एकअर्काको साथ दिने कसम खाएर एकआपसमा बाँधिएका जोडी ससाना वादविवादमै सदाका लागि छुट्टिने निर्णयमा पुग्न बेर लगाउदैंनन् । व्यक्तिगत महत्वाकांक्षा बढी हुनु र एकअर्काको भावना बुझ्न नसक्दा परिवार विखण्डन हुने समाजशास्त्री बताउँछन् ।
समाजशास्त्रीहरु सम्वन्ध बिच्छेद हुनुको कारण एकअर्कालाई समय दिन नसक्नु, बड्दो सहरीकरण, स्वरोजगार र सामाजिक सञ्जाललाई समेत बताउछन । जीवनको उर्वर समयमा श्रीमान वा श्रीमति विदेश बस्दा पनि विरक्तिएर वा अरुतिर मन डुलेर यस्ता हुने गरेको समाजसाशास्त्री तिलक बमले बताए ।
आर्थिक बर्ष २०७२÷७३ को ६ महिनामा कैलालीमा सम्वन्ध विच्छेदका ५२ ओटा मुद्दा दर्ता भएकोमा यसबर्ष सोही अवधिमा ७१ ओटा मुद्दा कैलाली जिल्ला अदालतमा पुगेका छन ।
जसमध्ये अघिल्लो आर्थिक बर्षको मध्यसम्म १९ र यसबर्ष ३४ मुद्दा किनारा लागेका छन । सम्वन्ध विच्छेदका लागी भर्खरका युवायुवती देखी बृद्धबृद्धा समेत आउने कैलाली जिल्ला अदालतका श्रेस्तेदार जगदीश प्रसाद भट्टले नागरिक आवाज संग बताए ।
यसबाहेक नक्कली विवाह गरेर परनिर्भर भिसामा विदेश जाने र त्यहाँ रोजगार भैसकेपछि अदालतमा आएर सम्बन्ध विच्छेद गर्ने घटनाले पनि यसको संख्या बढाएको छ । अदालतमा आएर हाँसीहाँसी सम्बन्ध विच्छेद गर्नेहरु र हिंसा सहन नसकेर रुँदै साथ छोड्न खोज्नेहरुको संख्या बराबर देखिन थालेको पाइन्छ ।
चितवन- सशस्त्र संघर्षका समयमा माओवादीले कब्जा गरेको व्यक्तिको जग्गामा बसेका 'सुकुमवासी' लाई प्रधानमन्त्री पुष्पकमल दाहालले सोही जग्गाको लालपुर्जा बाँडेका छन्। भरतपुर उपमहानगरपालिका वडा नं. १७ मंगलपुरको १२ बिघा जग्गा माओवादीले कब्जा गरेको थियो। त्यसमध्ये तीन बिघा जग्गा त्यहाँ बस्दै आएका 'सुकुमवासी'का नाममा पास गरिएको छ।
भरतपुर एक्स्पो सेन्टर शिलान्यास गर्न बुधबार चितवन आएका प्रधानमन्त्री दाहालले मंगलपुर पुगेर लालपुर्जा वितरण गरे। शिलान्यास समारोहमा बोल्ने नेपाली कांग्रेस र राप्रपाका जिल्ला नेताले लालपुर्जा वितरणको विरोध गरेका थिए, जसको प्रतिरक्षा प्रधानमन्त्रीले नभएर चितवन जिल्लाको समेत इन्चार्ज रहेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले गरेका थिए।
माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले व्यवसायी सुमित अग्रवालको नाममा रहेको १२ बिघा जग्गा माओवादीले २०५८ सालमा कब्जा गरेको जानकारी दिए। २०६३ मंसिरमा तत्कालीन सरकारसँग माओवादीले गरेको विस्तृत शान्ति सम्झौता र त्यसअघि २०६२ साल मंसिरमै तत्कालीन सात दलसँग गरेको १२ बुँदे सहमतिमा कब्जा जग्गा फिर्ता गर्नुपर्ने उल्लेख छ।
'त्यहाँ सुकुमवासी आएर बसेका थिए। उनीहरूलाई हटाइहाल्न मिल्ने अवस्था थिएन। सुकुमवासीको चित्त बुझाएर आफ्नो जग्गा लिनुस् भनी सम्बन्धित जग्गाधनीलाई भन्दै आएका थियौं', परियारले भने। सो ठाउँमा माओवादी निकटको किसान संगठनले २०६७ सालको जेठमा झन्डा गाडेर सुकुमवासी नहट्ने अडान लिएको थियो।
माओवादीले कब्जा गरेको जमिनमा सुकुमवासी नहटे पनि अग्रवालले सो जग्गा चितवनका उद्योगी कष्ृण अधिकारीलाई बेचेका थिए। एक वर्षअघि अग्रवालबाट आफूले सो जग्गा किनेको अधिकारीले बताए। चितवन उद्योग संघका निवर्तमान अध्यक्ष अधिकारी माओवादीको शुभचिन्तक मानिन्छन्। भरतपुर एक्स्पो सेन्टर चितवन उद्योग संघकै पहलमा बन्दैछ।
'जग्गा मैले लिए पनि त्यहाँ बसेका मान्छे हट्न तयार भएनन्। पछि जो बसेका छन्, सबैलाई ६ घुरका दरले जग्गा दिने सहमति भयो। त्यही अनुसार मैले उनीहरूका नाममा जग्गा पास गरिदिएको हुँ', अधिकारीले भने। प्रधानमन्त्री दाहालले ६ धुरका दरले १ सय ५६ जनाको नाममा तयार भएको लालपुर्जा एकमुष्ठ हस्तान्तरण गरे। त्यसैगरी बस्तीका बासिन्दालाई स्कुल सञ्चालन गर्ने भनेर केही जग्गा छुट्याइएको छ।
तीन बिघा सुकुमवासीलाई बाँडेर बाँकी नौ बिघा जग्गा अधिकारीले अरु नै जग्गा व्यवसायीलाई बेचेका छन्। अधिकारीबाट जग्गा किनेका घडेरी व्यवसायीले अहिले सो ठाउँमा प्लटिङ गरेका छन्। धेरै लामो संघर्ष र मेहनतले सुकुमवासीले पाएको लालपुर्जा वितरण गर्दा आफूलाई हर्ष लागेको प्रधानमन्त्री दाहालले बताए।
भरतपुरमा आयोजित कार्यक्रममा राप्रपा नेता बद्री तिमिल्सिनाले सशस्त्र संघर्षका बेला कब्जा भएको व्यक्तिको जग्गा उसैलाई फिर्ता दिनुपर्नेमा भूमाफिया लगाएर धेरै नाफा व्यापारीलाई दिने र केही जग्गा सुकुमवासीलाई बाँड्ने काम भएको भन्दै आपत्ति जनाए। कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले 'प्रधानमन्त्रीजस्तो व्यक्तिले यो शैलीमा लालपुर्जा वितरण गर्न नहुने' बताए।
लालपुर्जा वितरण कार्यक्रम माओवादी केन्द्रले नै आयोजना गरेको थियो। सुकुमवासी र जग्गाधनीबीच मतभेद बढ्दै गएकोमा माओवादीले सफलतापूर्वक विवाद समाधान गरेको हुँदा अन्य पार्टीले दुःख मान्न नहुने माओवादी नेता सुवेदीको भनाइ छ।
मारवाडी समुदायका व्यक्तिको जग्गा भएका कारण सो ठाउँलाई मारवाडी चौर भन्ने गरिन्छ। माओवादीले सुकुमवासी बसाएपछि लालचोक भन्न थालिएको छ।
