-->
डन्डीको माग बढ्यो, यस्तो छ बजार मूल्य !

मुलुक भूकम्पपछिको पुनःनिर्माणमा जुटिरहँदा डण्डीसहित निर्माण सामाग्रीको माग बढेको छ। अन्य जिल्लाभन्दा भूकम्म अति प्रभावित जिल्लामा डण्डीको माग बढेको उद्योगी तथा निर्माण व्यवसायीहरु बताउँछन्।
बलियो भौतिक संरचना निर्माणको लागि डन्डीले ठूलो महत्व राख्ने हुँदा आजभोलि डन्डी प्रयोगमा कन्जुस्याई समेत नहुने गरेको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव शान्तकुमार श्रेष्ठको भनाई छ। ‘भूकम्पपछि झनै बलियो संरचना बनाउनुपर्ने चेतना बढेको छ, जसको प्रमुख आधार डण्डी नै भएकाले पनि अहिले माग बढेको हो’ उनले भने।
व्यवसायीहरुका अनुसार यतिखेर घरहरु बनाउने सिजन पनि भएकाले डण्डीको माग बढेको हो। ‘वर्खा सिजनमा माग पनि अति न्यून हुने गर्दछ, अहिले सिजन पनि भएकाले माग बढेको हो’ उनले भने।
बजारमा विभिन्न ९ ब्राण्डका स्वदेशी डन्डीहरु उपलव्ध छन्। यी विभिन्न ब्राण्डको मूल्य फरक फरक पाइन्छ। ब्राण्ड र साइजअनुसार डण्डीको मूल्य फरक फरक पर्ने गरेको व्यवसायीको भनाई छ। हाल नेपालमा जगदम्बा, काठमाडौं, पञ्चकन्या, हिमाल, लक्ष्मी, गोइन्का, हुलास, बागेश्वरी र हामा ब्राण्डका डण्डीहरु छन्।
साइज (मोटाई) न्यूनतम ८ देखि ३२ मिलिमिटरसम्मको डण्डीहरु पाइन्छ। १ मिलिमिटरमा ०. ०३९३७ इन्च हुने गर्दछ। अन्य मुलुकबाट डण्डी आयात नहुने गरेको उद्योगीहरु बताउँछन्। यद्यपी कच्चा पदार्थ भने आयात हुने गरेको छ।
गोइन्का डण्डी उद्योगी अजय गोइन्का नेपालमा विदेशी डण्डीको आवश्यकता नपर्ने दावी गर्छन्। ‘गुणस्तरका आधारमा स्वदेशी डण्डी झनै मजबुत छन्, उद्योगहरुको क्षमता पनि पर्याप्त छ, त्यसकारण डण्डीको आयात गर्नुपर्दैन’ उनले भने।
भूकम्पपछिको संरचना निर्माणलाई नै मध्यनजर गर्दै आफूसहित अन्य उद्योगीले पनि धेरै नै उत्पादन गरेर गोदामा राखिएको उनले स्पष्ट पारे। ‘भूकम्पपछि ठूलो परिमाणमा माग हुने अनुमान थियो, जसले गर्दा धेरै उत्पादन गरियो पछिल्ला दिनमा माग केही बढेको छ’ गोइन्काले भने।
सडक, पुलदेखि विभिन्न जिल्लामा भौतिक संरचना निर्माणले केही समययता तिव्रता पाएको छ, अर्कातिर भूकम्पका कारण भत्किएका घर तथा पुरातात्विक संरचना निर्माणको लागि डन्डीको माग अत्यधिक बढेको अर्का व्यवसायी राजु फुयाँल बताउँछन्।
एक वर्षदेखि डण्डीको मूल्यमा कुनै पनि घटबढ नभएको र उद्योगीहरुले भनेजस्तो डन्डी बजारमा उपलब्ध गराउन सकेको व्यवसायीहरुको भनाई छ। ग्राहकले डिमाण्ड गरेपछि चाहेजति डण्डी आफूले सजिलै उपलव्ध गराउने गरेको जगदम्बा तथा काठमाडौं डन्डी स्टिलका आधिकारिक विक्रेता दिपक पौडेल बताउँछन्।
‘इन्जिनियरको सल्लाहअनुसार आफूलाई चाहिने डण्डीको साइज र परिमाणको आदेश दिएपछि दुई दिनमै उपलव्ध हुन्छ’ उनले भने। डण्डी किन्दा ग्राहकले साइजलाई विशेष जोड दिनुपर्ने उनको भनाई छ। बन्ने संचरनाको आकारअनुसारको साइजका डण्डीहरु प्रयोग गर्नुपर्ने उनको भनाई छ।
‘दुई तले घर बनाउँदा मध्यम साइजका डण्डी भए हुन्छ, तर पाँच तले घर बनाउने हो भने केही ठूलो साइजका डण्डीहरु चाहिन्छ’ उनले भने।
एउटै घर बनाउँदा पनि धेरै साइजका डण्डीहरु प्रयोग हुने उनले बताए। तल्लो तलाका लागि ठूलो साइज र माथिल्लो तलाका लागि मध्यम तथा साना साइजको डण्डी प्रयोग हुने गरेको उनले बताए। यद्यपी इन्जिनियरको सुझावअनुसारका साइजमा डण्डी किन्नुपर्नेमा उनी सुझाउँछन्।
हेरौँ बजारमा पाइने डण्डीहरुका ब्राण्ड, साइज र तिनको मूल्य
ब्राण्ड एमएम मूल्य केजीमा
जगदम्बा स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८० रुपैयाँ
७७ रुपैयाँ
८० रुपैयाँ
काठमाडौं स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८१ रुपैयाँ
७८ रुपैयाँ
८१ रुपैयाँ
पञ्चकन्या स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८८ रुपैयाँ
८५ रुपैयाँ
८८ रुपैयाँ
हिमाल स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८८ रुपैयाँ
८५ रुपैयाँ
८८ रुपैयाँ
हामा स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८१ रुपैयाँ
७८ रुपैयाँ
८१ रुपैयाँ
लक्ष्मी स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८० रुपैयाँ
७७ रुपैयाँ
८० रुपैयाँ
गोइन्का स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
८० रुपैयाँ
७७ रुपैयाँ
८० रुपैयाँ
हुलास स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
७८ रुपैयाँ
७५ रुपैयाँ
७८ रुपैयाँ
बागेस्वरी स्टिल
८ एमएम
१० देखि २५ एमएम
२५ देखि ३२ एमएम
७८ रुपैयाँ
७५ रुपैयाँ
७८ रुपैयाँ
Seto Pati


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.