आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ ।
यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ । किन हुन्छ डिप्रेसन ? सामान्य डिप्रेसन तनावको श्रेणीमा आउँदैंन ।
तर, कुनै पनि काममा मन नलाग्नु, अरुची,कुनै पनि कुराले खुशी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसको अवसर स्वास्थ्यमा पर्छ ।
यस्तो अवस्थामा व्यक्तिको मनमा अनौठा विचार आउछन् । कुनै पनि कुराले हडबडाउने गर्छन्। डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसंग सम्बन्धी रोग हुने सम्भावना हुन्छ ।
काजुले हटाउँछ डिप्रेसन काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । सेरोटोनिनलाई खुशी राख्ने रसायन भनिन्छ ।
यसका अलावा यो प्रोटीनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ । काजुमा एकप्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो ।
यहीकारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ । काजुका अन्य फाइदा काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ ।
छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउनाले सुन्दर र नरम हुन्छ । काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ ।
यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ । काजुमा एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमणविरुद्ध लड्न मद्धत गर्छ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


0 comments
प्रतिक्रिया दिनुहोस्...