इस्लामावाद, २६ माघ। पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। बुधबार विहान ६ दशमवलव ३ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
गल्फ न्युजका अनुसार अहिलेसम्म क्षतिको विवरण आएको छैन। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिण पश्चिम तटीय शहर पासनीदेखि २३ किलोमिटरको दूरीमा थियो।
भूकम्प स्थानीय समय अनुसार बुधबार विहान तीन बजेर तीन मिनेटमा गएको थियो। जीयो न्युजका अनुसार स्थानीय प्रशासनले मकरान बेल्टस्थित जिल्लामा आपलकालीन स्थितिको घोषणा गरेका छन्। पासनी मलकानको तटीय क्षेत्रमा अवस्थित छ। कराचीदेखि सो क्षेत्रको दूरी ४५० किलोमिटरमा छ। ग्वादर, तुर्बत तथा अन्य क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।
२०१५ मा पाकिस्तान र अफगानीस्तानमा आएको ७ दशमलव ५ रेक्टरस्केलको भूकम्पमा परी चार सयको ज्यान गएको थियो भने ८ अक्टोवर २००५ मा गएको ७ दशमलव ६ रेक्टरस्केलेको भूकम्पमा परी ७३ हजारको मृत्यु भएको थियो भने ३५ लाख घरबार विहीन भएका थिए। भूकम्प पीडितमध्ये धेरैजसो पाकिस्तानको नियन्त्रणमा रहेको कस्मिरका मानिस थिए।

0 comments
प्रतिक्रिया दिनुहोस्...