-->
पतिका लागि काजोलले चार घनिष्ट मित्रसँग तोडिन् मित्रता

एजेन्सी । पछिल्लो दिनमा बलिउड निर्माता करण जौहरको ‘बायोग्राफी’मा काजोलसँगको लामो मित्रता सकिएको खुलासा भएको थियो । जसको मुख्य केन्द्र काजोलका पति अजय देवगन भएको उल्लेख गरिएको छ । करन जौहर मात्रै होइन, काजोलले अन्य कलाकार मित्रहरुलाई पनि श्रीमान्को विवादका कारण मित्रता तोडेकी छिन् ।
अक्षय कुमार – अजय र अक्षयको सन् २००५ मा फिल्म ‘इंसान’ रिलिजमा आएपछि बोलचाल छैन । अजयलाई अक्षयका कारण फिल्ममा आफ्नो भूमिका काटियो भन्ने लागेको थियो । दुवैको विवादमा काजोलले पनि आफ्नो श्रीमान्को साथ दिइन् ।
आदित्य चोपडा – अजयको फिल्म ‘सन अफ सरदार’ र यशराज ब्यानरको फिल्म ‘जब तक है जान’ जब प्रतिपर्धा भएको थियो, अजय देवगनले अदालतमा मुद्दा दायर नै गरेका थिए । उनले सबै मल्टिप्लेक्स हलमा अधिकार जमाएको आरोप लगाएका थिए । यस विवादमा पनि काजोल आदित्य चोपडाविरुद्ध गइन् । यसको परिणाम के भयो भने, ‘जब तक है जान’को प्रिमियर शोमा सबै अभिनेत्री उपस्थित थिए तर, काजोल थिइनन् ।
करण जोहर – पछिल्लो समय अजय र करणबीज भना–भनको स्थितिमा कजोलले आफ्नो श्रीमान्को साथ दिइन् र बलिउडमा चर्चित मित्रतालाई बार लगाइन् । अडियो क्लिपसँग जोडिएको विवादपछि काजोलसँगको मित्रता सकिएको करनले आफ्नो‘बायोपिकमा’ लेखेका छन् ।
शाहरुख खान – अजय र शाहरुखको झगडा फिल्म ‘करन–अर्जुन’बाटै सुरु भएको थियो । सन् २०१४ मा दुवैबीच ‘सिंघम रिटन्र्स’को सेटमा मेलमिलाप भएको थियो । तर, ‘जब तक है जान’ र ‘सन अफ सरदार’को प्रतिस्पर्धापछि फेरि दुवैबिच विवाद भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.