एकपटक भगवान् बुद्ध कहाँ दुई व्यक्ति झगडा गर्दै पुगे । एक व्यक्तिले अर्कोको बारेमा बतायो, यसको बानी कुकुरको जस्तो छ । यहि कारण यो अर्को जन्ममा कुकुर हुनेछ । दोस्रो व्यक्ती पनि के कम उसले पनि भनी हाल्यो । यसको बानी त बिरालोको जस्तो छ । यस कारण यो अर्को जन्ममा बिरालो हुनेछ । भगवाने बुद्धले ती दुईको कुरा सुने । दुबै जना एक अर्काको खोइरो मात्र खनीरहेका थिए ।
एक अर्काको नराम्रा कुरा बताएर आफुलाई राम्रो सावित गर्न खोज्दै थिए । त्यसपछि भगवान बुद्धले पहिलो व्यक्तीलाई भन्नु भयो, तिम्रो साथी अर्को जन्ममा जे सुकै बनोस् । तिमी चाँही पक्कै कुकुर बन्नु पर्नेछ । बुद्धले यस्तो भनीरहँदा अर्को व्यक्ति खुशिले गद्गद् भइरहेको थियो । तर, बुद्धले उसलाई पनि अर्को जन्ममा बिरालो बन्ने श्राप दिए ।
यस्तो किन गरियो ? प्रश्न उठ्यो । भगवान् बुद्धले भने, जसले अरुमा नराम्रो देख्छ अरुको भलो चाहाँदैन उ भित्र अहंकार हुन्छ । अहंकारले मानीस आफैँलाई खान्छ । यस्ता मानिसमा क्रोध र घृणा बढ्छ । आफुलाई अरु भन्दा राम्रो र समझदार सम्झन्छ । अरुको नराम्रो खोज्ने मानीसले राम्रो कुरा कहिल्यै खोज्दैन । जीवन भर भेट्दैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...