-->
फागुनमा चन्द्रागिरी केबलकारमा विशेष छुट

काठमाडौ– चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरी केबलकारले २०७३ साल फागुन महिनाभारका सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिने भएको छ ।
छुट व्यवस्था अनुसार ७ सय पर्ने केबलकार टिकट रु. ३ सय पचासमा प्राप्त गर्न सकिनेछ चन्द्रागिरी हिल्सले जनाएको छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैनन । सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । व्यवस्था अनुसार एक जना यात्रुले एउटा मात्र टिकट लिन सक्नेछन् ।
चन्द्रागिरी हिल्सले केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुका लागि अशोक लेलेण्डका े४२ सिट क्षमताको निः शूल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क,बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्कीहुँदै चन्द्रागिरि केबलकार सम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना,बल्खु,कलङ्कीहुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ।
Rato Patiबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.