प्रेमदिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत, भिडियो सहित सार्वजनिक गरिएको छ । 'जिन्दगीको प्राप्ति तिमी...' बोलको यो प्रेमिल गीत श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको अन्जु बताउँछिन् । 'मलाई आशा छ मेरो यो कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ', अन्जुले भनिन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायाङ्कन लण्डनको रमणिय स्थानमा गरिएको छ ।
यसको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । जो पछिल्लो समय म्युजिक भिडियोमा आफ्नो मेकिङ्ग र अत्याधुनिक प्रविधि प्रयोगका कारण लण्डनका नेपालीहरु माझ चर्चित छन् । यो गीतमा गीतमा प्रस्तुति र प्रविधिको राम्रो तालमेल देख्न सकिने उनी बताउँछन् । गीतकार नृपेश उप्रेतीको एल्बम 'आहान अर्को खुशी' मा समावेश यस गीतको म्यूजिक भिडियोमा विकेश र अनुले रोमान्स गरेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...