-->
प्रियंकालाई ट्रम्पको कुरा मन परेन, प्रतिक्रिया स्वरुप यसो भनिन्

बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउडमा पनि पाइला हालिसकेकी छिन् । प्रियंका चोपडाले पछिल्लो समय डोनाल्ड्र ट्रम्पले सात मुस्लिम देशहरुमा लगाइएको प्रतिबन्धविरुद्ध आवाज उठाएकी छिन् । उनले लिंकडिन मार्फत आफ्नो कुरा सार्वजनिक गरेकी हुन् ।ट्रम्पको उक्त फैसला आफुलाई कत्ति मन नपरेको समेत उनले बताएकी छिन् ।
प्रियंकाले भनेकी छिन्,‘अमेरिकाले सदैव मानेको छ कि यो देश आप्रबासीहरुले बनाएका हुन् । अमेरिकामा इराक, सिरिया, सुडान, इरान, लीबिया, सोमालिया तथा यमनका मानिसहरुप्रति प्रतिबन्ध लगाउनु एउटा लाचारी र हताशको निर्णय हो ।’उनले थप्दै भनिन्,‘अमेरिका यी व्यक्तिहरुको प्रवेश हुनु आवश्यक रहेको छ । म एक ग्लोबल सिटिजन हुँ । यो निर्णयले मलाई हैरान बनाएको छ ।’
Source: Bbceonlinenews


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.