काठमाडौं । सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतलाई बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो ।
माघ ५ गते राउतले सिराहाको लाहानमा सभा राख्दै देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यसै घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।
पक्राउ परेका राउतलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएका छन् । जानकारीमा आएअनुसा राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ ।
सिराहा स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...