धेरै जसो मानिसहरू दिनमा सिर्फ एक पटक नुहाउँछन् विहान उठ्ने वित्तिकै । तर चाणक्य मुनीका अनुसार त्यसबाहेक अन्य अवस्थामा पनि मानिसलाई नुहाउन अति जरुरी मानिन्छ । चाणक्यका अनुसार स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । यसकै कारणले स्वास्थ्यको सम्बन्धमा कयौं प्रकारका नियम बनेका छन् । राम्रो खानपान र रहनसहन र बानी व्यहोराले गहिरो प्रभाव पार्छ । कयौं रोग त केवल नुहाएर नै खत्तम हुन्छ । आचार्य भन्नु हुन्छ–निम्न चार अवस्थाको पछि नुहाउनु अति राम्रो मानिन्छ ।
पहिलो – शरीरमा तेल लगाएपछि
स्वस्थ्य शरीर र चमकदार छालाको लागि मानिसले शरीरमा तेल लगाउने गर्छन् । तेल लगाएपछि शरीरमा भएका छिद्रहरु खुल्छन् र भित्रको मयल बाहिर निस्कन्छ । त्यसैले तेल मालिस गरेपछि नुहाउनु राम्रो मानिन्छ । यसले शरीरको मयल सफा हुनुका साथै शरीरमा लागेको तेल पनि सफा हुन्छ र छाला मा चमक आउँछ । तेल लगाएर ननुहाई बाहिर हिड्नुलाई धार्मिक हिसाबले पनि शुभ मानिदैन ।
दोश्रो– शवयात्रा गई फर्केपछि
शवयात्रामा गई फर्के पछि तुरुन्त नुहाउनु पर्छ । किनकी मसान घाटमा अनेकौं प्रकारका स्वास्थ्य प्रतिकुल असर पार्ने खालका जिवाणु जुन हाम्रो शरीरका विभिन्न भागमा टाँस्सिएका हुन्छन् र त्यसैले त्यसबाट बच्न काम समाप्त भई फर्केर पछि नुहाउनु राम्रो हुन्छ ।
तेश्रो– सम्भोगपछि
आचार्य चाणक्य भन्नु हुन्छ महिलासँग शारीरिक सम्बन्ध राखे पश्चात् नुहाउनु जरुरी हुन्छ । किनकी यस कार्य पश्चात् शरीर स्वभावैले फोहर हुने हुँदा अपवित्र मानिन्छ । कुनै धार्मिक कार्यको लागिपनि योग्य ठहरीँदैन साथै यसकाम पछि विना नुहाई धुवाई कहिँ बाहिर पनि नजानु वेश हुन्छ ।
चौथो – कपाल काटेपछि
आचार्य चाणक्यभन्नु हुन्छ कपाल काट्ना साथ तुरुन्त स्नान गर्नु पर्छ ।किनकी कपाल काटेपछि ससाना टुक्रा शरीरभरी टाँस्सिएको हुन्छ जस्ले हानी पु¥याउन सक्छ तसर्थ कपाल काट्ना साथ नुहाउनु बेश ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

0 comments
प्रतिक्रिया दिनुहोस्...