भक्तपुर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले मधेशमा अंगीकृत नागरिकता पाएका एकाध आपराधिक पृष्ठभुमि भएका व्यक्तिको लागि संविधान संशोधन गर्न नसकिने बताएका छन् ।
रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा नेता चौलागाईले मधेशी जनता संविधान संशोधनको पक्षमा नभएको बताए ।
वर्तमान–ब्यवस्थापिका संसदले संविधान संशोधन गर्न नसक्ने बताउँदै संविधान संशोधन मधेशी जनताको माग नभई मधेशका एकाथ अंगीकृत नागरिकता पाएको ब्यक्तिको माग भएको उनको आरोप छ । मधेसी मोर्चाकोे नाममा जो संगठीत भएर आएका छन् तिनीहरु मधेशी जनताविरोधी, राष्ट्रविरोधी भएको उनले बताए ।
मधेशका भोका नांगा र गरिवी जनताको माग नउठाउने मधेशी मोचा देश विभाजन गर्ने कुरा उठाउनेहरु अपराधीक कार्य गरिरहेको बताए ।
निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गर्न मधेशी मोर्चालाई उनले चुनौती दिए ।
९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई केहि मधेशवादी नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउँदै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार निर्वाचन नगर्न नाटक मञ्चन गरिरहेको उनले बताए ।
सरकारले रञ्जित रे लाई रिजाउन निर्वाचन जेठसम्म गर्ने भनेर नाटक मञ्चन गर्दै रेको निर्देशन कुरेर बसेको उनको आरोप छ ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचन गर्न नाचाहेको बताउँदै रञ्जित रेको निर्देशन कुरेर बसेको उनले आरोप लगाए ।
एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउँदै निर्वाचन गर्न नसके सरकारको औचित्यता समाप्त हुने उनको भनाई थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...