-->
चुनाव नहुँदै नेताहरुले हाले भोट, प्रचण्ड र माधव नेपालले कसलाई हाले ?

काठमाडौं– निर्वाचन आयोगले विद्युतिय मतदानका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संसदमा रहेका दलहरुसँग छलफल गरेको छ ।
आयोगको कार्यालयमा भएको छलफलमा विद्युतिय मतदानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल केन्द्रीत थियो ।
सो क्रममा प्रधानमन्त्री, एमाले नेता माधव नेपाल, संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलगायतलाई नमुना मतदान समेत गर्न लगाइएको थियो । नमुना भोटिङका क्रममा मनपर्ने खेलाडी, मनपर्ने देशलगायतको चयन गर्नुपर्ने थियो ।
भोटिङ मेसिनमा अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेसी र अल्जेरियाका फुटबल खेलाडी रियाद माहारेजमध्ये कसलाई भोटिङ गर्ने भन्ने विकल्प राखिएको थियो ।
तर, नेताहरुले मेसीलाई भोट हालेनन् । यस्तै मनपर्ने देशमा जापानलाई नेताहरुले चुने ।
आयोगले आगामी निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरेको छ भने सोहि मेसिन प्रयोग गर्ने नगर्ने भन्ने राय लिन छलफल बोलाएको हो ।
यसअघि निर्वाचनलाई छिटो र छरितो बनाउन चाहिने आवश्यक प्रविधिको व्यवस्थापनको लागि सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।
यसैबीच निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि तयारी थालिसकेको भएपनि सरकारले हालसम्म मिति भने तय गरिसकेको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.