-->
फेसबुकमा ‘म भोली आत्महत्या गर्नेछु’ लेखी पासोमा झुण्डिइन् मोडल

पश्चिम बंगालमा नायिकाले आत्महत्या गरेको खबर सार्वजनिक भएको केही घण्टापश्चात् एक अर्की स्टारडम चाहने मोडलले आत्महत्या गरेको समाचार बाहिरिएको छ ।
जानकारीका अनुसार बंगलादेशको चटगांवमा मोडल ज्याकलिन मिथिलाले गत फ्रेब्रुअरी ३ तारिखमा पासो लगाएर आत्महत्या गरिन् । मोडलका बुवा स्वप्न शीले बुधबार यसबारे मिडियालाई जानकारी दिए ।

नायिकाको शव आधा कुहिएको अवस्थामा फेला

ज्याकलिनका बुवाले आफ्नी छोरीको यो कदमलाई उनको श्रीमानको घरलाई दोषी बताएका छन् । उनले भने, ‘मेरी छोरीले आफ्ना सासू–ससूराको अपमानजनक व्यवहारले आजित भएर आत्महत्या गरेकी हुन् । मिथिला र उनका श्रीमानबिच दैनिक झगडा हुन्थ्यो । उनको घरका सदस्यले उनलाई निच देखाउन कुनै मौका छोड्दैनथे । उनीहरुको यस्तो व्यवहारले मेरी छोरीले आत्महत्या गर्न बाध्य भइन् । मेरी एक्ली छोरीको मृत्यु भइसकेको छ । मलाई न्याय चाहियो ।’
पुलिसका अनुसार मिडियामा ज्याकलिन मिथिलाको नामले चिनिने जयाशीलले फेब्रअुरी ३ तारिखमा आत्महत्या गरेकी छिन् । युवतीका बुवा स्वप्न शीलले आठ व्यक्तिविरुद्ध मुद्दा दर्ता गराएका छन् । मुद्दाको अनुसन्धान सुरु भइसकेको छ । जयाले उतपल रोय नामका व्यक्तिसाग विवाह गरेकी थिइन् ।
फेसबुकमा लेखिन्, ‘म भोली आत्महत्या गर्नेछु’
मोडलबाट डान्सर बनेकी ज्याकलिनले आफ्नो फेसबुकमा बोल्ड फोटो पोष्ट गर्ने भएकाले थुप्रै पटक मानिसहरुको तिखो आलोचनाको शिकार बन्ने गर्दथिन् ।
आत्महत्या गर्नु केही दिन पहिले ज्याकलिनले फेसबुक पोष्टले लेखेकी थिइन्, ‘म भोली आत्महत्या गर्नेछु । मलाई कसैले धोका दिएको छ न नै मैले कसैलाई । तर पनि म भोली आत्महत्या गर्नेछु ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.