कैलाली । प्रहरीको फरार अपराधिक सुचीमा रहेका पुर्व माओवादी लडाकु धनबहादुर राना पक्राउ परेका छन् । क्षेत्रिय अनुसन्धान समुह सुदूरपश्चिमले अपहरण, हत्या, लुटपाट जस्ता जघन्य अपराधमा सरिक भई फरार रहेका रानालाई पक्राउ गरेको हो ।
बैलौरी नगरपालिका वडा नम्बर ८ पडाउ भन्ने स्थानमा आफनै घरमै लुकिछिपी बसी रहेको अवस्थामा मंगलबार राति पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कंचनपुर पु¥याएका छन् ।सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) विजय भट्टले २०६६ जेष्ठ २ गते कंचनपुरको सुडामा कत्था व्यवसायी गर्दै आएका विशाल जैनलाई अपहरण पछि हत्या गरेको आरोपमा रानालाई २०६६ असार २३ गते पक्राउ परि कंचनपुर कारागार चलान गरिएको थियो ।
तर, २०६६ साल असोज १२ गते कंचनपुर जेल तोडेर फरार भएका रानाले लगतै प्रहरी सहायक निरिक्षक भंगी रानालाई गोली हानि हत्या गरेका थिए । जेल तोडेर भागेका रानाले त्यसपछि विभिन्न समयमा कंचनपुरको दक्षिणी भागमा लुटपाट, बलात्कार जस्ता जघन्य अपराध गर्दै आईरहेका थिए । News 24Nepal.tv बात

0 comments
प्रतिक्रिया दिनुहोस्...