काठमाडौं, २६ माघ । संयोग पनि कस्तो भने ०४६ सालको परिवर्तनताका उनी लण्डन स्कुल अफ इकोनोमिक्समा पढ्दै थिए ।
अहिले चौथोचोटि बाबु प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बेलायतको पढाइलाई छोराले निरन्तरता दिँदैछन् । नाम हो, जयवीरसिंह । कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा ।
लण्डनबाट गाडीमा ६–७ घण्टाको दूरीमा अवस्थित योर्क युनिभर्सिटीमा म्यानेज्मेन्टतर्फ ग्य्राजुएशन गर्दै छन् । पढाइमा अब्बल र खेलकुदका सौखिन । फुर्सदको समयमा फुटबल खेल्दा चोट लागेपछि आमा आरजु राणा भेट्न पुगेकी छन् ।
यता, सांसदका सबै बैठक छाडेर दुई हप्तादेखि ढुक्कै दूतावासमा बसेकी देउवा–पत्नीले यसबीच छोराको के–कस्तो उपचारगरिन् सोको विवारण भने आइसकेको छैन । बेलायतकै इटन कलेजमा पूर्वयुवराज दीपेन्द्रले पनि स्कुल शिक्षा हासिल गरेका हुन् ।दैनिक नेपालको सहयोगमा

0 comments
प्रतिक्रिया दिनुहोस्...