प्रेममा धोका दिएको भन्दै आफ्नै प्रेमीको मुटु निकालेर मारेको अभियोगमा २१ वर्षीया एक युवतीलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
बंगलादेशकी फतेमा अख्तर सोनालीले २८ वर्षीय प्रेमी इम्दादुल हक सिपनलाई धोका दिएको भन्दै मुटु निकालेर हत्या गरेकी हुन् ।
प्रेमीले उनीसँग विवाह गर्न अस्विकार गरेपछि उनको हत्या गरेको युवतीले बयान दिएपछि अदालतले मृत्युदण्डको फैसला सुनाएको डेली मेल अनलाइनले जनाएको छ । उनकै बयानका आधारमा बंगलादेशको उत्तरपश्चिम शहर खुल्नास्थित अदालतका न्यायधीशले मृत्युदण्डको फैसला सुनाएका हुन् ।
अदालतका अभियोजक क्वाजी शबिर अहमदका अनुसार सोनालीले प्रेमी इम्दादुलको ल्यापटपमा अन्य महिलासँग सेक्स गर्दै गरेको भिडियो भेट्टाएपछि आवेशमा आए मुटु झिकी हत्या गरेको बयान अदालत समक्ष दिएकी थिइन् ।
ती युवतीले आफुसँग विवाह गर्न अस्विकार गर्ने प्रेमीलाई निद्रा लाग्ने औषधि खवाएर सुतेपछि हत्या गरेको बताएकी छिन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...