‘फस्ट लेडी फस्ट’ तर यसो भएन–ट्रम्पले यसरी ‘अपमान’ गरे आफ्नै श्रीमती मेलानियाको
केही यस्तै दृश्य देखियो जब डोनाल्ड ट्रम्प फस्ट लेडी मेलानियालाई कारमा एक्लै छोड्दै ह्वाइट हाउसतर्फ अगाडि बढे ।जब ओबामा र मिशेल ट्रम्प र मेलानियालाई स्वागतका लागि बसिरहेका थिए तब ट्रम्प कारबाट मेलानियालाई कुर्दै नकुरी अगाडि बढेका थिए ।
तर, यस अगाडि भएका राष्ट्रपतिहरुको आगमनमा सबै राष्ट्रपतिहरुले आफ्ना श्रीमतीहरु कुरेर सँगै अगाडि बढेका थिए ।
तर, डोनाल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा भने त्यस्तो दृश्य देखिएन ।
केही हप्ता अगाडि भएको सपथ ग्रहण कार्यक्रमपुर्व डोनाल्ड ट्रम्पले बराक ओबामा र मिशेलतर्फ एक्लै बढे ।
मेलानिया भने टिफ्यानी बक्स लिएर पछि आइन् ।
जब ट्रम्पले हात मिलाउन अगाडि बढे त्यतिबेलासम्म पनि ट्रम्पले मेलानियालाई कुरेनन् ।
तर, बराक ओबामाले मेलानियालाई बाटो देखाउने काम गरे । उनीहरुको यो व्यवहारका कारण ट्रम्प र मेलानियाको सम्बन्ध पनि राम्रो नरहेको धेरैले अनुमान लगाउन थालेका छन् । फस्ट लेडीलाई प्राथमिकता राख्ने प्रचलनलाई समेत ट्रम्पले लत्याएको बताइएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...