-->
इशु श्रेष्ठ बनिन् मिस नेवा: ११३७

‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन्। नेप्लिज फेशन होमले बुधबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भएको अन्तिम स्पर्धामा २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज जितेकी हुन्। उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन्।
प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हाँसिल गरिन् भने १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले जितिन्।
अन्य विभिन्न उपाधि तर्फको प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए।
यस्तै विनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते। समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए।
उद्धोग राज्यमन्त्री कृष्ण बादेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक, हिट्को कम्पनीका निर्देशक प्रदीपमान प्रधान, कार्टुनिष्ट रबिन सायमी, पूर्व मिस नेपाल एलिशा बज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, नमुन कलेज अफ फेशन टेक्नेलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एशोसियसनका सँस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ रहेका थिए।
नेवार समुदायका युवतीहरुलाई नेवारी संस्कृति, भाषा, भेषभुषाको संरक्षण सम्बर्धनमा लगाउँदै उनीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि मिस नेवा: बिगत १२ वर्ष देखि आयोजना गरिँदै आएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन्। गायिक निशा देशारको गायन र नेवा डान्स एकेडमीका कलाकारको नृत्यले कार्यक्रमलाई अध्यक्ष मनोरम तुल्याएको थियो।
प्रतिकृया दिनुहोस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.