-->
कैलाश सत्यार्थीको घरबाट नोबल पुरस्कारको रेप्लिका चोरी

नयाँ दिल्ली, २५ माघ– नोबल पुरस्कार विजेता कैलाश सत्यार्थीको घरमा चोरी भएपछि उनका छोराले प्रहरीमा उजुरी दिएका छन् । शुरुमा चोरले नोबल पुरस्कार समेत चोरी गरिएको खबर वाहिर आएको थियो ।

तरपछि उक्त नोबल पुरस्कार भारतीय राष्ट्रपति भवनमा राखिएको सत्यार्थीका कार्यालयले जनाएको छ ।
अवार्ड मिलेपछि सत्यार्थीले उक्त पुरस्कार भारतको नाममा समर्पित गरेका थिए । र, उनको पुरस्कार भारतीय राष्ट्रपति भवनमा राखिएको थियो । 

हाल सत्यार्थी कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका छन् । उनी कालकाजीस्थित अरावली अपार्टमेन्ट बस्ने गर्छन् । उनको घरबाट गहना लगायत नोबल पुरस्कारको रेप्लिका समेत चोरी भएको छ । 

सत्यार्थीको जन्म मध्य प्रदेशको विदिशामा सन १९५४ मा भएको थियो । उनले सन २०१४ मा मलाला युसुफसँगै शान्तिको लागि नोबल पुरस्कार पाएका थिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.