-->
श्रद्धा कपुरको नयाँ चलचित्र ‘हसिना’ को पोस्टर रिलिज

काठमाडौं । श्रद्धा कपुरको आगामि चलचित्र ‘हसिना’ को पहिलो पोस्टर रिलिज भएको छ । पोस्टरमा  श्रद्धा ‘इन्टेन्स लुक’ मा देखिएकी छन् । सोमबार श्रद्धाले यो पोस्टर ट्वीटरमा शेयर गरेकी हुन् । ट्वीटरमा सेयर गरेको केही समयपछि जब यो ट्रेन्ड हुन थाल्यो, उनले  फ्यानलाई  धन्यवाद दिइन । 
भाष्कारका अनुसार श्रद्धाले हसिनाको भूमिका निर्वाह गर्नका लागि धेरै समय तयारी गरेकी थिइन् । पहिलो पोस्टरबाटै श्रद्धाले सबैलाई छक्क पारिदिइन् । चलचित्रमा श्रद्धा दाउद इब्राहिमको बहिनी हसिना पार्करको भूमिका निर्वाह गर्नेछिन् । चलचित्रमा हसिना पार्करको जीवनको संघर्ष देखाइएको छ । चलचित्रलाई अपूर्व लाखियाले निर्देशन गरेका छन् । चलचित्र १४ जुलाईमा रिलिज हुँदैछ ।
 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.