चलचित्रको व्यापारको मामिलामा आमिर खानले भारतभरि सलमान, विदेशमा शाहरुखलाई पछाडि छाडेका छन् । चलचित्र दंगलका कारण आमिर विदेशमा पनि सबैभन्दा बढी व्यापार गर्ने भारतीय अभिनेता बनेका छन् । भारतीय अनलाइन भास्करका अनुसार यो मामिलामा शाहरुख खान अब निकै पछाडि छाडिएका छन् । जो पाँच वर्षसम्म विदेशी बजारमा जवाफहिन बादशाह थिए । उनको प्रसिद्धि र व्यापार आमिर र सलमान खानभन्दा अगाडि थियो ।
शाहरुख मात्र यस्ता अभिनेता थिए जसको चलचित्रले विदेशी बजारमा ५० देखि ६५ करोड रुपैयाँसम्म व्यापार गथ्र्यो । तर, अब दर्शक र सिनेमाघरको बढ्दो संख्यासँगै यो दृष्य पनि परिवर्तन भएको छ ।
आमिरको ‘थ्री इडियट्स’ र सलमानको ‘बडीगार्ड’ विदेशी बजारमा खेलाडी (जसले अघिल्लो तथ्य परिवर्तन गरिदिए) निस्किए । बक्सअफिस कलेक्सन, फुटफलका आधारमा हेर्ने हो भने, ‘दंगल’ ४.५ करोड, ‘सुल्तान’ ४ करोड र ‘रईस’ २ करोडले हेरे । भास्करका अनुसार यो तथ्यांक डिस्ट्रिब्युटर्स र सिनेमा मालिकले दिएका हुन् ।
व्यापारमा शाहरुख खान ठूलो अन्तरले पछाडि
प्रसिद्धिसँगै कारोबारी तथ्यांकमा पनि आमिर र सलमानले शाहरुखलाई पछाडि पारिदिएका छन् । यद्यपि इन्टरनेटमा चलचित्रको व्यापारको मामिलामा अझै पनि झन्डै बराबरीको प्रतिस्पर्धा छ ।
आमिर खानको पछिल्लो चलचित्र ‘पीके’ सन् २०१४ मा आएको थियो । यसको दुई वर्षपछि दंगल आयो । यसैबीच सलमानको सन् २०१४ ‘किक’ पछि तीन चलचित्र (बजरंगी भाइजान, प्रेम रतन धन पायो र सुल्तान) आए । शाहरुखको सन् २०१४ मा ‘ह्याप्पी न्यू इयर’ पछि तीन चलचित्र (दिलवाले, फ्यान र रईस) आए । डियर जिन्दगीमा शाहरुखको गेस्ट अपियरेन्स थियो । उनको पछिल्लो चलचित्र फ्यान सुपर फ्लप भएको थियो ।
आमिर दर्शक जुटाउन पनि माहिर
आमिर लामो समयसम्म दर्शक जुटाउन पनि यी दुई खानभन्दा अगाडि छन् । उनको चलचित्र ६–७ हप्ता सिनेमाघरमा लागि रहन्छ । यसको उल्टो शाहरुखको चलचित्र २–३ हप्ता र सलमानको ४–५ हप्ताभित्रमै उत्रने गरेको छ । भर्खरै रिलिज भएको चलचित्र ‘रईस’ शनिबारसम्म भारतीय बजारमा लाग्यो र १ सय २० करोड रुपैयाँ कलेक्सन गर्यो ।
आमिर लामो समयसम्म दर्शक जुटाउन पनि यी दुई खानभन्दा अगाडि छन् । उनको चलचित्र ६–७ हप्ता सिनेमाघरमा लागि रहन्छ । यसको उल्टो शाहरुखको चलचित्र २–३ हप्ता र सलमानको ४–५ हप्ताभित्रमै उत्रने गरेको छ । भर्खरै रिलिज भएको चलचित्र ‘रईस’ शनिबारसम्म भारतीय बजारमा लाग्यो र १ सय २० करोड रुपैयाँ कलेक्सन गर्यो ।
भास्करको रिपोर्ट र ट्रेडको अनुमानका अनुसार ‘रईस’ को लाइफटाइम ग्रस बिजनेस १ सय ४० करोडमा समेटियो । विदेशमा पनि यो चलचित्रको ग्रस १५० करोडसम्म पुग्ला तर दंगल यो भन्दा कैयौँ अगाडि छ ।
सवा महिनामा सिनेमाघरमा चलिरहेको दंगल अहिलेसम्मको सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । भारतमा हुने ग्रस कलेक्सनको ५० प्रतिशत हिस्सा निर्मातालाई जान्छ । र विदेशमा ग्रस विजनेसको ४० प्रतिशत हिस्सा मात्रै प्रोड्युसरले पाउँछन् ।
पर्वका अवसरमा रिलिज अर्थात् सतप्रतिशत सफल
जुन चलचित्र पर्वका अवसरमा आउँछन् जस्तै, क्रिसमस, दिपावली वा इद यस्ता चलचित्रले राम्रो व्यापार गर्ने गरेको चलचित्र निर्माता एवम् सिनियर ट्रेड विज्ञ प्रकाश जाजू बताउँछन् । यसमा पनि क्रिसमस सबैभन्दा ठूलो अवसर हो ।
जुन चलचित्र पर्वका अवसरमा आउँछन् जस्तै, क्रिसमस, दिपावली वा इद यस्ता चलचित्रले राम्रो व्यापार गर्ने गरेको चलचित्र निर्माता एवम् सिनियर ट्रेड विज्ञ प्रकाश जाजू बताउँछन् । यसमा पनि क्रिसमस सबैभन्दा ठूलो अवसर हो ।
२४ डिसेम्बरदेखि प्रत्येक व्यक्ति छुट्टीको मुडमा हुन्छ । ईदभन्दा अगाडि रमजानको पूरा महिनामा र दिपावलीको लक्ष्मीपूजाका बेला चलचित्र कम हेरिन्छ । दिपावलीको अघिल्लो दिन मात्र चलचित्र चल्छ । पर्वका अवसरमा लाग्ने चलचित्रले सजिलै तीन सयदेखि तीनसय पचास करोड या त्योभन्दा बढी कारोबार गर्न सक्छ । र, गरी पनि रहेको छ ।
सामान्य छुट्टीको फाइदा व्यापारमा त्यति ठूलो हुँदैन । शाहरुखको चलचित्र प्रतिस्पर्धामा गयो अन्यथा यसले पनि दुईसय करोडको तथ्यांक छुन सक्थ्यो । भास्कर लेख्छ, कुनै स्टार नभएर चलचित्र चल्छ । २५ वर्ष पहिले पनि पर्वका अवसरमा चलचित्र आउँथे । यो ट्रेन्ड पुरानो हो र कायम रहिरहन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...