-->
सुन तस्करी प्रकरण : प्रहरी - भन्सार जालो च्यातिँदै

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा प्रहरी र भन्सारको प्रत्यक्ष संलग्नताको आरोप बलियो बन्दै गएको छ।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार आफ्नै संगठनका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालेको छ।


 साढे ३३ किलो सुन बरामद भएको घटनाको एक महिनापछि ब्यूरोले विमानस्थलमा प्रहरी-भन्सार तस्करीको जालो च्यात्ने प्रयास थालेको हो।


 उक्त प्रकरण अनुसन्धानले विमानस्थलस्थित अध्यागमन कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सशस्त्र प्रहरीका अधिकारी, विमान कम्पनीका कर्मचारीदेखि विमानस्थलमा ग्राउण्डेड सेवा दिँदै आएका संस्थाका अधिकारीसमेत तानिँदै आएका छन्। 


 सुन काण्डको अनुसन्धान गरिरहेका एक अधिकारीले नेपालबाट विदेशी मुद्रा सहजै विमानस्थल पुर्‍याउने र विदेशबाट आउने सुन विमानस्थल कटाउने कार्यमा संलग्नको सूची तयार पारेको बताए। सुन भित्र्याउने र नेपालबाट विदेशी मुद्रा पठाउने कार्यमा एक निकायको संलग्नताले मात्र सम्भव नभएको अनुसन्धान अधिकारीको संकेत छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.