चिरञ्जिबी घिमिरे
दमक : झापाको दमकमा संसारकै अग्लो बुद्धमुर्ती सहितको पार्क निर्माण हुने भएको छ। दमकको उत्तरी क्षेत्रमा स्थापना हुने पार्कको बिस्तृत परियोजना प्रतिवेदन–डिपिआर तयार भैसकेको आज दमकमा आयोजित कार्यक्रममा जानकारी दिइयो। संसारकै अग्लो ५ सय ४० फिटको बुद्ध मूर्तीसहितको पार्क रहने जानकारी कार्यक्रममा दिइयो।
यस क्षेत्रलाई ‘दमक विराटन बुद्ध भिलेज’ नामाकरण गरिएको छ। त्यसको डिपिआर मल्टि डिसिप्लिनरी कन्सल्ट्याण्ट, डिजाईन कन्सल्ट्याण्ट र ए नट आर्टीटेक्चरले संयुक्त रुपमा तयार पारेका हुन्। डीपीआर तयार भैसकेको र अन्तिम रुप दिन छलफल चलाइएको टिम लिडर दिपक थापाले जानकारी दिए।
बुद्धमूर्तीको आधार मात्र सवा ३ बिगाहामा फैलने र बुद्ध भिलेज ३६ बिगाहामा फैलने उनले बताए। मूर्तीसहित पार्कको सबै संरचना निर्माण गर्न साढें १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यसअन्तर्गत मूर्ती निर्माणका लागि मात्रै साढें ६ अर्ब लाग्ने बताइएको छ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले संरचना निर्माण पूरा भएको पहिलो वर्षमै ठुलो संख्यामा पर्यटक दमक भित्र्ने दाबी गरेका छन्। डिपिआर प्रक्रिया पुरा भएपछि सक्षम निर्माण कम्पनी मार्फत निर्माण प्रकृया अघि बढाईने उनले जनाएका छन् ।
थाहा खबर बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...