-->
चप्पल धुलाई खाएकी यी हिरोइन

बलिवुड-एजेन्सी । ‘कहो ना प्यार हे’बाट अभिनेत्री अमिषा पटेलले बलिउडमा सानदार पदार्पण गरिन् । यद्यपी, आफ्नो सफलतालाई निरन्तरता दिन भने सकिनन् । बलिउडमा पाइला टेकेपछि उनको परिवारमा मनमुटाव सुरु भएको थियो ।
बलिउडको हिस्सा बनोस् भन्ने चाहाँदैन थिए अमिषाको परिवार । यही मनमुटावका कारण अमिषा आफ्नो परिवारबाट अलग भएकी थिइन् । बलिउडमा अमिषा एक्ली छैनन् जो परिवारबाट अलग भए ।
बुबा–आमाको सोचाई र सन्तानको रोजाई नमिल्दा परिवारबाट अलगिने हुन्छन् । तर, यस्तो मनमुटावले कहिले काहि गम्भिर रुप लिन्छ, जुन अमिषा पटेलसँग पनि भयो । अमिषा र उनका बुबाबीच यति फाटो आएको थियो कि अमिषाले आफ्नो बुबाविरुद्ध १२ करोड रुपयाँ हिनामिनाको आरोप लगाइन् ।
यति मात्र होइन, अमिषाले बुबाले उनको पैसाको दुरुपयोग गरेको पनि आरोप लगाएका थिइन् । अमिषाले बुबाले चप्पलको धुलाई दिएर घरबाट निकालेको पनि आरोप लगाएकी थिइन्, जुन घटना उनी कहिल्यै भुल्दिनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.