एजेन्सी । विश्व रहस्यमयी चिजहरुले भरिएको छ । जति वर्ष र शताब्दी बित्दै जान्छन् उति उति नयाँ चिज र नयाँ कुराहरुको खोज अनुसन्धान र विष्लेषण हुँदै जान्छ । त्यसैले त बुढापाकाले भन्ने गर्छन् बाँच्नुपर्छ यहाँ जे पनि देखिन्छ ।
कहिलेकाँही बुढापाकाले भनेजस्तै पत्याउनै नसकीने कुराहरु देखिन्छन् । जसमध्ये यो विशाल पत्थर पनि पर्छ । म्यान्मारमा सदिऔँदेखि रहस्यमयी तरिकाले पहाडमा अड्कीएको यो विशाल पत्थर सुन जस्तै देखिन्छ ।
जुन पहाडभन्दा २५ फिट माथी कुनै सहारा बिना नै अडीएको देख्दा हेर्नेहरुको लाम नै लाग्छ । जसको पुजा गर्नका लागी भक्तजनहरुको भिड नै लाग्ने गर्छ । वर्षमा ३ पटक यो पत्थरको दर्शन गरेको खण्डमा प्रयाप्त धन सम्पत्ती आर्जन गर्न सकिने किंवदन्ती छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...