काठमाडौं । नेपालमा श्रमस्वीकृति विना काम गर्दै आएका ३७ बंगलादेशी नागरिक ठमेलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले उनीहरुलाई पक्राउ गरेको हो । कपडा कारखानामा काम गर्ने ती बंगलादेशीसँग कुनै पनि कागजात नभएको प्रहरीले जनाएको छ ।
७ सय भन्दा बढी बंगलादेशी नागरिक गैरकानुनी रुपमा बसेको सूचनाका आधारमा ३७ जना पक्राउ परेको वृत्त प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । राठौरका अनुसार उनीहरु बंगलादेशबाट कलकत्ता हुँदै झापाबाट काठमाडौँसम्म आइपुगेका हुन् ।
बंगलादेशी नागरिकहरुलाई युरोपमा सजिलै भिसा नदिने हुँदा उनीहरु नेपाल आएर यहाँको दलालमार्फत नक्कली पासपोर्ट बनाएर युरोपसम्म पुग्ने गरेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरु दुरुस्तै नेपाली बोल्न सक्नेछन् । उनीहरुलाई अध्यागमन विभाग बुझाउने प्रहरीले तयारी गरेको छ । अाजकाे राजधानी दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...