-->
चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…

पावर वाला चस्मा लगाउनु कसैको रहर हुँदैन। तर वंशाणुगत गुण नै यस्तो लिएर आएको हुन्छ कि नलगाएर सुख पनि पाइँदैन। त्यसमाथि यो आधुनिक जीवनशैली, कम्प्यूटर स्क्रीन, टिभी, स्मार्टफोन अझै भएन भनेर शहरको धुँवा र धूलो! यस्तोमा आँखाको हालत खराब हुनुमा उसको दोष हुँदैन। तर, दोष त्यतिबेला हुन्छ जब उसले आफ्नो आँखाको ख्याल राख्दैन। किनभने आँखाबीनाको अन्धकार औँसीको कालो रातको लागि पनि भयानक हुन सक्छ।
शरीरको कुनै अङ्गमा घाउचोट लाग्दा जसरी समयसँगै घाउ भरिँदै जान्छ, त्यसरी नै आँखाको शक्ति पनि बिस्तारै फिर्ता हुँदै आउँछ। तर त्यसको लागि हामीले आफ्नो शरीरलाई त्यो वातावरण दिनुपर्छ, जसको मद्दतबाट शरीरको प्रतिरक्षा प्रणालीले आँखाको शक्ति फिर्ता ल्याउन सकोस्। हो, समय अवश्य लाग्छ, तर असम्भव छैन। जिन्दगी भरी चस्माको भारी बोक्नुभन्दा केहि मीहिनेत गरेर चस्माबाट छुट्कारा पाउनु उचित हुन्छ।
आँखाको दृश्यशक्ति
आँखालाई तेजिलो बनाउन र क्षय भएको दृश्यशक्तिलाई फिर्ता ल्याउनको लागि भिटामिन-ए को जरुरत पर्दछ। भिटामिन-ए भनेको वास्तवमा एण्टिअक्सिडेण्ट तत्वहरूको समूह हो, जसले आँखाको दृश्यशक्ति, हाडजोर्नीको वृद्धिविकास र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेलेको हुन्छ।
एक साधारण पुरुषलाई प्रतिदिन ०.९ मिलिग्राम र महिलालाई प्रतिदिन ०.८ मिलिग्राम भिटामिन-ए को जरुरत पर्दछ। तर यदि दैनिक खाने खानामा चाहिने भन्दा बढि भिटामिन-ए भएमा त्यसले पछि गएर हाडजोर्नीलाई नराम्रो असर पुर्याउँदछ। उमेर ढल्किँदै गएपनि हाडजोर्नी कमजोर भई भाँच्चिने डर हुन्छ। त्यसैले यसमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।
आँखाको दृश्यशक्ति सुधार्नको लागि निम्न घरेलु उपायहरू अपनाउन सकिन्छ:-
१. गाँजर र पालुङ्गो साग
गाँजरको प्रति १०० ग्राममा ०.८३५ मिलिग्राम भिटामिन-ए पाइन्छ भने पालुङ्गो सागको प्रति १०० ग्राममा ०.४६९ मिलिग्राम भिटामिन-ए पाइन्छ।
एउटा गाँजर र १ कप पालुङ्गो सागको जुस मिसाएर दैनिक पिउनाले आँखाको दृश्यशक्तिमा सुधार आउँदछ।
(रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा)
२. चिसो पानी र दूध
आँखा रातो हुने, पोल्ने अनि आँशु आउने समस्या छ भने विहान अथवा साँझको बेला रुईलाई चिसो पानी अथवा दूधमा भिजाउनुहोस् र आँखामाथी लगाउनुहोस्। यसरी १० देखि १५ मिनेटसम्म राख्नाले आँखाको जनलबाट राहत पाउन सकिन्छ।
(तौल घटाउन मन छ? पिउनुहोस् गाईको दूध- जान्नुहोस् अन्य ५ प्रकारका दूधको बारेमा )
३. बदाम
बदामको प्रति १०० ग्राममा करीब ०.१ मिलिग्राम भिटामिन-ए पाइन्छ।
त्यसैले, राति सुत्नेबेला १० वटा बदामको दाना पानीमा भिजाएर राख्नुहोस्। विहान उठेर त्यसलाई मज्जाले चपाएर खानुहोस्। दैनिक यसो गर्दा तपाईँको आँखाको शक्तिमा बिस्तारै सुधार आउँदै जानेछ।
(यदि तपाईँ शुद्ध शाकाहारी हुनुहुन्छ भने प्रोटिनको लागि यी खाना खानुहोस् )
४. काँक्रो
काँक्रोमा भिटामिन-ए त पाइँदैन, तर यसको चिसो अनि चिपचिपेपनाले आँखाको जलन अनि रातोपनाबाट राहत दिन सक्छ।
काँक्रोको दुईवटा चाना लिनुहोस् र १५ मिनेटसम्म आँखामाथि राख्नुहोस्। यसले आँखालाई आराम दिन्छ र रातो भएको समस्याबाट राहत दिन्छ।
(प्याँजले धेरै निन्द्रा लगाउँछ भन्छन् नि! के हो कारण अनि निन्द्रा लगाउने अन्य खानेकुरा के-के छन्? )
५. टी-ब्याग
लामो समयसम्म लगातार चस्मा लगाउनाले आँखा वरिपरी कालो दाग र धब्बा बस्नु स्वाभाविक हो। तर यो कालो घेरालाई पनि समयसँगै कम गर्दै लैजान सकिन्छ।
त्यसको लागि, राति सुत्नेबेला ग्रीन टी-ब्यागलाई चिसो पानीमा डुबाउनुहोस् र ब्यागलाई निचोरेर आँखा माथि राख्नुहोस्। ५ मिनेटपछि ब्याग झिक्नुहोस् र सुत्नुहोस्। दैनिक यसो गर्नाले आँखा वरिपरीको कालो दाग हट्नेछ।
(दूध चिया ठीक कि कालो चिया? )


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.