-->
नेपाली सेना परिचालित हुन तयार, रक्षामन्त्रीले भने-‘सोचेर भन्छु’

काठमाडौँ- नेपाली सेनाले आगामी निर्वाचनमा सुरक्षाको चिन्ता नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रिको नेतृत्वमा गएको सेनाका उच्च अधिकारीहरुको टोलीले सरकारलाई आवश्यक परे परिचालित हुनसक्ने जनाउ दिएको छ ।
हालै रक्षामन्त्री बालकृष्ण खाँणसंग भएको नियमित छलफलमा सेनाले सुरक्षाका हिसावले चुनौतिपूर्ण मानिएको संवेदनशिल क्षेत्रको सुरक्षाको जिम्मा आफुलाई दिन समेत माग गरेको स्रोतले जनायो । ‘वर्तमान अवस्थामा सुरक्षा संवेदनशील छ । नेपाली सेनाले सुक्षढंगले विश्लेषण गरिरहेको छ’ सनाले भनेको छ ‘आबश्यक परेको अवस्थामा सुरक्षाको सबै जिम्मा लिन नेपाली सेना तयार छ । ’
सुरक्षा थ्रेटकै आधारमा चुनावगर्न नमिल्ने अवस्था नहुनेमा सेनाले सरकारलाई विश्वास दिलाएको सेनाका एक उच्च अधिकारीले जानकारी दिए । ‘चुनावको निष्पक्षतामाथी प्रश्न उठ्न सक्ने भएकोले पारदर्शी चुनाव गराउने सरकारको लक्ष्य अनुसार परिचालित हुन तयार सेना तयार छ’ प्रधानसेनापतिको भनाई उदृत गर्दै सेनाका ती अधिकारीले भने, ‘नेपाली सेना देशको सार्वभौमसत्ता र अखण्डताको सुरक्षाका लागि संधै तत्पर र गम्भिर छ ।’
देशलाई विखण्डन ल्याउन खोजेको भन्दै सेनाले सीके राउतका विषयमा धारणा सार्वजनिक गरेको थियो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले पनि राष्ट्रले सेनाको भूमिका आवश्यक ठानेको खण्डमा हामी परिचालित हुनसक्ने बताए । ‘सेना राष्ट्र र राष्ट्रियताको सुरक्षाका लागि सधै तयार छ’ कार्कीले भने ।
स्रोतका अनुसार मन्त्री खाँणसंगको छलफलमा पछिल्लो समय तराई मधेशमा राष्ट्रिय अखण्डता विरुद्ध कतिपय व्यक्ती तथा समुहहरुले गतिविधी गरिरहेको प्रति आफुहरु गम्भिर भएको प्रधानसेनापति क्षेत्रीले भनाई राखेका थिए । उनको भनाई उद्यृत गर्दै ति सैनिक अधिकारीले भने ‘हाम्रो सरोकार राष्ट्रिय सुरक्षा र अखण्डता हो । यसमा सरकारको स्पष्ट भूमिका आवश्यक छ ।’
सेनाको निष्कर्ष : पुर्वी तराईमा गृह प्रशासनको भूमिका कमजोर
यसबीचमा सेनाले तराई मधेशमा रहेका आफ्ना पृतना, बाहिनी र गणहरुबाट त्यहाँको अवस्थाका विषयमा रिर्पोटिङ लिइसकेको छ । सेनाको रिपोर्टले बारादेखी पुर्व मोरङसम्मको अवस्था तरल रहेकोले गृह प्रशासनले सुरक्षा अवस्थालाई गम्भिर रुपमा नलिएको निष्कर्ष निकालेको छ । सेनाको रिपोर्ट अनुसार स्थानिय प्रशासनको मनोवल गिर्दो अवस्थामा छ । सेनाले स्थानिय प्रशासनको मनोवल बढाउन सकेको खण्डमा मात्र चुनाव विरोधी तत्वहरु निष्क्रीय बन्ने भएकोले जनपद प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई विशेष तालिम र बन्दोवस्तीका सामाग्री उपलब्ध गराउन समेत सुझाव दिएको छ ।
मन्त्री खाँणले भने ‘सोचेर भन्छु’
सेनासंगको छलफलपछी मन्त्री खाँणले राष्ट्रिय सुरक्षाको मामिलाका विषयमा आफुले मात्र जवाफ दिन नसक्ने भन्दै प्रधामन्त्रीसंगको छलफलपछी मात्र सेनाले उठाएका सरोकारहरुको सम्बोधन गर्ने आश्वासन दिएका थिए । चुनावमा सेनाको सहयोग लिने काम विगतमा पनि भएकोले त्यसलाई अन्यथा रुपमा लिन नहुने बताएको स्रोतले जनायो ।
Asian Samacharबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.