-->
श्रीमानले खिचेको फोटोले स्टार बनिन् श्रीमती, बलिउडबाट अफरको ओइरो

‘यदि लगनशिलताका साथ काम गर्ने हो भने सफलता हात लाग्नेछ ।’ मिसेज इन्डिया डा. ज्यासमिन तूर भटाराले सिटी ग्रुप अफ इन्स्टिट्युसन्सको क्याम्पसमा आफ्नो भाषणको क्रममा यो वाक्य भनिन् । यहाँ महिलाहरुलाई आफ्नो सपना पूरा गर्नका लागि प्रेरणा दिनका लागि ‘सि वाक्स, सि टक्स’ कार्यक्रमको आयोजना गरियो । यसको पहिलो सिरिजको सुरुवात डा. ज्यासमनिले गरिन् । ज्यासमिनले छात्राहरुसँग आफ्नो जीवनका कठिन पलबारे कुराकानी गरिन् ।
आफ्ना नीजि कुरा गर्ने क्रममा ज्यासमिनले उनको श्रीमानलाई फोटोग्राफीको रुची 
भएको बताइन् । आफूले जहिले नयाँ लुगा लगाउँदा श्रीमानको क्यामराको लेन्स आफूतिर तेर्सिने उनको स्मरण गरिन् । श्रीमानको यस्तो बानीले उनका थुप्रै फोटो ल्यापटप, क्यामरा, फोन र एल्बममा हुने गरेको उनले बताइन् ।
एक दिन अचानक आफूले मिस इन्डियाको अनलाइन लिंक भेटेको र त्यसमा श्रीमानले खिचि
एक दिन अचानक आफूले मिस इन्डियाको अनलाइन लिंक भेटेको र त्यसमा श्रीमानले खिचिको फोटो हालिदिएको बताइन् । उनको उक्त फोटोले उनलाई फाइनलमा छनोट गराएको तर बच्चा सानो र परिवार आफूसँगै भएकाले सुरुमा हिच्किचाएको उनले छात्रालाई बताइन् ।
आफू हच्किएपनि उनलाई श्रीमान् अमित भटारा र सासूले प्रेरणा दिएपछि आफूले जीत हाँसिल गर्न सफल भएको बताइन् । त्यसपछि उनले सन् २०१६ मा आयोजना भएको मिसेज युनिभर्सलमा पनि भाग लिइन् जसमा उनले रनरअपको अवार्ड हात पारिन् ।

अहिले उनलाई बलिउड र पलिउडबाट अफरको ओइरो लागिरहेको जसबारे आफूले सोच बनाइरहेको बताइन् । यी सबै कुरा आत्म विश्वास र परिवारको प्रेरणाले सम्भव भएको बताइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.