काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान लागेको अवैध सुनसहित तेह्रथुम श्रीजंग–५ का ३३ वर्षिय यादवप्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुको साथबाट सुनको बेरूवा औंठीहरु ४ थान ९९९ ग्राम अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा दाहालललाई शुक्रबार प्रहरीले फेला पारेको जनाएको छ ।
उनलाई प्रहरीले आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार गौचर काठमाडौंमा बुझाएको छ। यसअघि ठूलो मात्रामा सुन मरामद भएको थियो।

0 comments
प्रतिक्रिया दिनुहोस्...