-->
टाउको काटेर हत्या, श्रीमान पुगे काटिएको टाउको सहित चौकीमा

एजेन्सी, भारत मध्य प्रदेश धुरेरी भन्ने स्थानमा एक पुरुषले आफ्नै श्रीमतीको काटिएको टाउको सहित प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् । ३८ वर्षीय कालूसिंह राजपूतले श्रीमतीको चरित्र शंकास्पद भएपछि उनलाई खेतमा लागि टाउको काटेका थिए । काटिएको टाउको बोकेर प्रहरी चौकी जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बिहान ११ बजे खेतमा सरसों काट्न भन्दै लागेका उनले श्रीमती सरसों काट्न लागेपछि खेतमा लुकाई राखेको तलवारले टाउको काटेका थिए । टाउको काटे लगतै उनले काटिएको टाउको बोकेर प्रहरी चौकी जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । परिवारका अनुसार एक वर्ष अघि उनको मानसिक सन्तुलन बिग्रिएपछि उपचार चलिरहेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.