दमक २५ माघ – आइतवार झापाको दमकमा उज्यालो नेपालका अभियान्ता र दमकलाई राष्ट्रिय स्तरमा चिनाउनेहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना भयो । त्यहाँ उर्जामन्त्री जनार्दन शर्मा देखि लिएर जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीसम्म रहेका थिए । आदिबासी जनजाती महासंघका केन्द्रिय महासचिब नित्यानन्द ताजपुरीया र सचिब शान्ति धिमाललाई पनि सम्मान रहेको थियो ।
कार्यक्रम जे भएपनि त्यहाँ आकर्षणको केन्द्र थिए बिधूत प्राधिकरणका कार्यकारी प्रमुख प्रशासनिक सेलीब्रेटी कुलमान घिसिङ । उनले के बोल्लान र कस्ता होलान भन्ने धेरैको कौतुहलता रहेको थियो । उनले शुरुमा आफ्नो सम्मानका लागि सबैलाई धन्यवाद दिए र उनले भने–‘मैले कुनै अनौठो र नौलो काम गरेको छैन, जे मेरो जिम्मेवारी त्यसलाइ कुशलता पूर्वक निभाउने कोसिस मात्र गरेको छु ।
उनले झापाको दमक नजिक रहेको लखनपुर बिद्यूत शव स्टेशनको अवलोकन गरेको र त्यहाँको बिद्यूत बितरणको अवस्था हेर्दा यो क्षेत्र पहिला नै उज्यालो बनिसक्ने अवस्था रहेको भन्दै किन भएन ? भन्नेमा आफू अचम्मित रहेको जनाए । उनले भने–‘यहाँ लोडसेडिङ हुनु पर्ने र गर्नु पर्ने रहेनछ, लोडसेडिङ भइरहेको सुन्दा अचम्म लाग्यो ।’ उनले अब लोडसेडिङ नहुने अवस्था आउने जनाउदै एकदुई दिनभित्रै झापा सहितको पुर्वी नेपाल लोडसेडिङमुक्त हुने प्रतिबद्धता ब्यक्त गरे ।
घिसिङपछि बोलेका उर्जा मन्त्री जनार्दशन शर्मा र उर्जा सचिब अनुप उपाध्यायले पनि त्यहि कुरा दोर्याए । उनिहरुले एकदूइदिनभित्रै पुर्वी नेपाल लोडसेडिङमुक्त बनाउने सामुहिक प्रतिबद्धता गरे ।

0 comments
प्रतिक्रिया दिनुहोस्...