चिया र कफी नपिउने मानिस सायदै होलान्। घरमा पाहुना आउँदा होस् या साथीसंगी भेटघाट हुँदा चिया–कफीको अफर चलिहाल्छ। चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ।
सबै उमेरका व्यक्तिले पिउन सक्ने चिया १८औं शताब्दीदेखि नै चीनमा उपभोग गरिँदै आएको इतिहास पाइन्छ। यसको वैज्ञानिक नाम क्यामेलिया साइनेन्सिस हो ।
बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई आफ्नो नित्यकर्म गर्न सक्दैनन्। हाम्रो दैनिक जीवनमा चिया र कफी अनिवार्य जस्तै भइसकेको छ
। यो सँगै चिया र कफीको फाइदा–बेफाइदाका कुरा पनि चलिरहन्छन्। चिया र कफीका गुण–दोषबारे विभिन्न अध्ययन–अनुसन्धानहरु प्रशस्तै आएका छन्।
नियमित चिया पिउने मानिसहरूको छाला, स्तन र प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने केही अध्ययनले समेत देखाएका छन्। यस्तै चियाले दिमागको कोषलाई हानी हुनबाट जोगाएर अल्जाइमर रोगबाट पनि बचाउने अमेरिकामा गरेको एउटा अध्ययनले देखाएका छन्।
यस्तै नियमित रूपमा एक कपभन्दा बढी चिया पिउँने मानिसको रक्तनलीमा क्याल्सियम बन्ने सम्भावना न्यून हुन्छ। जसका कारण मुटुरोगको खतरामासमेत कमि आउने विभिन्न अनुसन्धानहरूले देखाएका छन्। चियामा हुने फ्लाभोनोइड्स नामक तत्वले भास्कुर डाइलेसनमा सुधार गर्दछ र यसको सुधारले मुटुको कार्य अभीवृद्धी हुन्छ।
चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई ऊर्जा दिन्छ। यसले शरीरलाई ताजापन र आनन्द दिलाउँछ। चियामा एन्टिअक्सिडेन्ट गुण भएका पोलिफिनोल्सहरू पाइन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रगतमा हुने विषाक्त तत्त्वलाई निष्कासन गर्न पनि सहयोग गर्छ ।
चियाले आलस्यपन हटाएर विचार र सोच्ने शक्ति बढाउने डा. मनोज यादवले सेतोपाटीलाई बताए। नियमित चियाको सेवनले स्फूर्ति बढ्ने थकाइ महसुस नहुने तथा थप जाँगर र ऊर्जामा वृद्धि गराउँने उनले भने।
‘छालामा पानीको प्रवाह गर्छ। छाला तथा शरीरका अन्य अंगमा हाइड्रेसन अर्थात् पानीको पर्याप्त प्रवाह स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ। चाहे ब्लाक टी होस् वा मिल्क टी वा ग्रिन टी यी सबैको सन्तुलित सेवन छालाको स्वास्थ्यका लागि महत्पपूर्ण हुन्छ,’ यादवले भने।
चियामा हाम्रो छालाका लागि अत्यावश्यक जलप्रवाह गर्ने गुण हुने तथा वजन नियन्त्रणमा समेत सहयोगी हुन्छ। यसले अनुहारको चायापोतो हटाउन तथा अनुहारलाई चम्किलो बनाउन सहयोग पुर्याउँछ।
चियाको सेवले मानिसमा सौन्दर्य वृद्धि मात्र होइन तौल घटाउन तथा जिउको छालामा जलप्रवाहलाई नियमित बनाएर सुख्खा हुनबाट बचाउँछ। यस्तै दैनिक चिया सेवन गर्दा यसमा पाइने एन्टीअक्सिडेन्ट नामक तत्वले विभिन्न किसिमका क्यान्सरलाई न्यूनीकरण गर्ने सकिने अध्ययनहरूले देखाएका छन्।
चियामा हुने ड्युरेटिक गुणले मिर्गौला, कब्जियत र पत्थरी रोग कम गराउन सहयोग गर्छ। साथै मुटुको गति सन्तुलनमा राख्न तथा कोलस्ट्रोललाई न्यूनीकरण गर्न पनि चियाले मद्दत गर्छ। दिनमा ३-४ कप चिया पिउनाले स्केमिया भन्ने रोग लाग्ने संभावना हुँदैन।
चियामा प्रशस्त मात्रामा फल्युराइड भन्ने तत्त्व पाइन्छ। जसले दाँतलाई मजबुत बनाउनुका साथै गिजालाई समेत स्वस्थ राख्न मद्धत गर्ने यादवले बताए। यस्तै चियाले हड्डी बलियोसमेत बनाउँछ।
चियामा कम मात्रामा सोडियम हुने हुँदा उच्च रक्तचापका बिरामीलाई यसले फाइदा गर्छ। चियामा जीवाणुनाशक गुण हुने हुँदा अनेक प्रकारका ब्याक्टेरिया तथा भाइरल इन्फेक्सनबाट जोगाउँछ।
चिया आवश्यकताभन्दा बढी र अन्य तत्त्व मिसाएर पिउँदा भने बेफाइदा पनि गर्न सक्छ। दूध र चिनी प्रयोग नगरी चिया सेवन गर्नु बढी फाइदाजनक मानिएको छ।
चियामा पनि ग्रिन टी स्वास्थ्यका लागि अझै प्रभावकारी मानिन्छ। किनकि यसमा एन्टिअक्सिडियन्ट तत्व हुन्छ। ग्रिन टीले शरीरको कोष हानी हुनबाट जोगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने अध्ययनहरुले देखाएका छन्। त्यस्तै ग्रिन टिले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ।
चियाको सेवनले वजन नियन्त्रणमा समेत सहयोग गर्छ । चिया नपिउने मानिसमा भन्दा पिउने मानिसहरुमा मोटोपनाको समस्या कम हुने अध्ययनले देखाएको छ । यसका लागि चिनी नराखिएको मिल्क टी निकै उपयुक्त हुन्छ ।
चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउँदा स्वास्थ्यलाई असर गर्ने अध्ययनले देखाएका छन्। दुध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुँदैन।
दूध चियाले मोटोपन बढाउँछ। चियाले मधुमेहका बिरामीमा चिनीको नियन्त्रण बिग्रन सक्छ। दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो। दुध चियामा चियापत्तिको बढी प्रयोग हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ।
खाली पेटमा कडा चिया पिउनु झनै हानिकारक मानिएको छ । कडा चियाले पेटको पाचन प्रक्रियामा असन्तुलन गराउँछ । यसले ग्याष्ट्रिक र अल्सरको समस्या पनि गराउँछ । चियामा एसिडको मात्रा धेरै हुन्छ, जसलाई खाली पेटमा पिउनाले पेटको पाचन रसमा सीधा असर पर्दछ । त्यसले ग्याष्ट्रिकको समस्या ल्याउन सक्छ । चिया पिएपछि मुखमा अमिलो पानी आउनु ग्याष्ट्रिकको लक्षण हो ।
खाली पेटमा कडा चिया पिउनु झनै हानिकारक मानिएको छ । कडा चियाले पेटको पाचन प्रक्रियामा असन्तुलन गराउँछ । यसले ग्याष्ट्रिक र अल्सरको समस्या पनि गराउँछ । चियामा एसिडको मात्रा धेरै हुन्छ, जसलाई खाली पेटमा पिउनाले पेटको पाचन रसमा सीधा असर पर्दछ । त्यसले ग्याष्ट्रिकको समस्या ल्याउन सक्छ । चिया पिएपछि मुखमा अमिलो पानी आउनु ग्याष्ट्रिकको लक्षण हो ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

0 comments
प्रतिक्रिया दिनुहोस्...