-->
तपाईंका कतिवटा बच्चा हुन्छन्, हत्केला हेरेर थाहा पाउनुस् !

एजेन्सी । अहिले बिहेको मौसम चलिरहेको छ । नयाँ सम्बन्धहरू जोडिइरहेका छन् । दाम्पत्य जीवन शुरु गर्नेहरूले सन्तानको सपना देखिहाल्छन् । तपाईं पनि विवाहित हुनुहुन्छ र सन्तान पाउने सोचमा हुनुहुन्छ भने आफ्नो हत्केला हेरेर कति र कस्ता सन्तान हुन्छन् थाहा पाउन सक्नुहुन्छ ।
धेरै सोचविचार गरिरहनुभन्दा आफ्नो हत्केलामा रहेका केही रेखालाई ध्यानपूर्वक हेर्नुस्, सबै कुरा थाहा हुन्छ । समुद्रशास्त्र अनुसार हातको सबभन्दा सानो औंलामुन्तिर बुध पर्वत हुन्छ । बुध पर्वतनिर देखिने रेखाहरू र बूढी औंलामुन्तिर भएको शुक्र पर्वतनजिकैका छोटा रेखाहरू सन्तान रेखाका रूपमा चिनिन्छन् । यी रेखाको अध्ययनबाट सन्तान सुखको विचार गर्न सकिन्छ ।
हत्केलामा यी रेखा जति सफा र स्पष्ट हुन्छन् त्यति संख्यामा तपाईंका पुत्र उत्पन्न हुन्छन् । हल्का रेखाहरूको संख्या चाहिँ पुत्रीहरू गन्नका लागि हो । तपाईं हत्केलामा बुध पर्वत निकै उठेको छ र सन्तान रेखा प्रस्ट छ भने तपाईंका अधिकतम चार छोरा र तीन छोरी हुनसक्ने सम्भावना हुन्छ । अनि तपाईंका सन्तान गुणवान र संस्कारी हुन्छन् । हत्केलामा बूढी औंलामुनि शुक्र पर्वत धेरै उठेको छ भने तपाईंको एक सन्तान हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.