कुरो यस्तो रे, भारतको बंगालका सुल्तान शमशुद्दिन इल्यास शाहले सन् १३४९ मा काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए। त्यतिबेला पशुपतिनाथ मन्दिरमा पनि उनको सेनाले आक्रमण गरेर ध्वस्त बनाएको थियो। यही क्रममा मूर्तिमा पनि क्षति पुग्न गयो। कति दिनसम्म त पूजा नै भएनछ।
क्षति पुगेको मूर्तिमा पूजा गर्न नहुने भएर अर्को नयाँ शिवलिङ्ग बनाएर त्यहाँ प्रतिस्थापन गरिएछ। अनि क्षति पुगेको ओरिजिनल शिवलिङ्गलाई चाहिँ बाहिर राखेर पूजा गर्न थालिएछ। अहिले यसलाई गुप्तेश्वर महादेव भन्दै पूजा गर्ने गरिँदो रहेछ।
फोटो पठाएर यो बारे जानकारी दिनेले यही भने। मलाई यो बारे थप जान्न मन थियो। तर कतै केही भेट्न सकिनँ। तपाईँलाई यो बारे थप केही जानकारी भए तल कमेन्टमा लेख्नुस् है।

0 comments
प्रतिक्रिया दिनुहोस्...