-->
कोब्रा खेलाउने भारतीय अभिनेत्री श्रुती पक्राउ

एजेन्सी, २७ माघ – कोब्रा सर्पको विषयलाई लिएर भारतीय अभिनेत्री श्रुती उल्फत पक्राउ पेरकी छन् ।
उनलाई वन्यजन्तु ऐनको उल्लंघन गरेको आरोपमा वन विभागले बुधबार पक्राउ गरेको हो । निकै खतरनाक मानिने कोब्रा प्रजातीको एक सर्पलाई आफ्नो हातमा लिएको भिडियो ट्वीटरमार्फत अपलोड गरेपछि उनी पक्राउ परेकी हुन् ।
उनीसँगै अर्का एक अभिनेत्री र दुई प्रोडक्सन म्यानेजरलाई समेत पक्राउ गरिएको छ । भारतीय संचार माध्यम आजतकले जनाएअनुसार कोब्रा सर्पको विषयलाई लिएर केही पशु अधिकारकर्मीले उनी विरुद्ध उजुरी गरेपछि पक्राउ परेकी हुन् ।
उक्त भिडियो अक्टोबर २०१६ मा सिरियल ’नागार्जुन’को प्रमोसनको लागि बनाइएको थियो । ट्वीटरमा पोष्ट गरिएपछि सो भिडियो भाइरल बनेको हो ।
यद्यपी सिरियल प्रोडक्सन टिमले भने भिडियोमा देखाइएको सर्प नक्कली भएको दावी गर्दै आएको थियो । तर केही समयको चेकजाँचपछि उक्त सर्प सक्कली नै रहेको पुष्टि भएको हो । सोही चेकजाँचपछि आएको रिपोर्टको आधारमा अभिनेत्री उल्फतलाई एक नोटिस पठाइ प्राथमिक अपराध रिपोर्ट दायर गरिएको हो ।
बुधबार नै दुई अभिनेत्री र दुई प्रोडक्सन म्यानेजरलाई सोधपुछका लागि बोलाइएको थियो । जहाँ उनीहरुले आफ्नो गल्ती स्वीकारेका छन् । उनीहरुलाई एकदिनको लागि जेलमा राखिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.