-->
विदेशको चालक अनुमति पत्र नेपालमा प्रयोग गर्न पाइन्छ ?

प्रश्न: वैदेशिक रोजगारीमा जाने धेरैले आफू बसेको देशको चालक अनुमति पत्र (driving license) बनाएको हुन्छ। त्यो अनुमति पत्र नेपालमा प्रयोग गर्न पाइन्छ ? वा त्यसलाई आधार मानेर नेपाली चालक अनुमति पत्र बनाउन पाइन्छ? पाइन्छ भने कुन देशको पाइन्छ र के कस्ता कागजात चाहिन्छ?
उत्तर: हामीले तपाईंको जिज्ञासा यातायात व्यवस्था विभागका निर्देशक/ प्रवक्तालाई राखेका थियौं। पहिलो कुरा तपाईंको चालक अनुमति पत्र सक्कली हुनु पर्यो। त्यसो हुँदा नेपाल आएपछि त्यसलाई नेपालीकरण गर्न सम्भव छ
। तपाईंले धेरै प्रक्रिया भने पुर्याउनु पर्छ। तपाईंले काम गरेको देशको नेपालमा रहेको दूतावासबाट ‘No Objection Letter’ लिनुपर्छ। सो देशमा तपाईं बसेके प्रमाण – भिसा कम्पनीमा काम गरेको प्रमाण। आदि कागजातसहित यातायात व्यवस्था विभागमा निवेदन दिनुपर्छ। विभागले आवश्यक ठानेमा प्रयोगात्मक परीक्षा पनि लिन सक्छ। विदेशको चालक अनुमति पत्र स्मार्ट अथवा डिजिटल छ भने नेपालीकरण गर्न कम झन्झटिलो हुन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.