-->
मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

सप्तरी–पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको मधुपट्टि–९ स्थित नम्वर नखुलेको मोटरसाईकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
शुक्रवार विहान पूर्वबाट पश्चिमतर्फ गईरहेको मोटरसाईकलले ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सनाखत हुन नसकेको उक्त ६० वर्षीय व्यक्तिको शव पोष्टमार्टमका लागि रा.उ. स्मारक अस्पताल लहान पठाइएको छ । ठक्कर दिएर मोटरसाईकलसहित फरार चालकको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.