-->
संसारकै महंगो कुखुरा,जसको मुल्य दुई लाख ५० हजार(फोटो फिचर)

एजेन्सी, समान्यतया कुखुराको मुल्य २ हजार देखि ३ हजार सम्म तपाइले सुन्नु भएको होला तर इन्डोनेसियमा पाइने दुर्लभ प्रजातिको रुपमा चिनिने अएम सिमानी नामको कालो रङको यो कुखुराको मूल्य हाल सम्मकै संसारकै महंगो कुखुरामा पर्ने गर्दछ । लगभग एक कुखुराको मुल्य २ लाख ५० हजार रुपैयाँ सम्म पर्ने गरेको छ ।
इन्डोनेसियाको जाभा आईल्याण्डमा फेला परेको यो अएम सिमानी कुखुरा कालो रङको यो कुखुरा पूर्णत कालो छ भने यसको मासु समेत कालो हुने गरेको छ ।यस कुखुराको बाहिरी भागमात्र नभई मासु र हड्डी समेत कालो हुने गरेको छ । यस कुखुराको अन्डाको बाहिरी भाग कालो भएपनि अन्डाको भित्री भाग सेतो प्हेलो रंगको हुने गरेको छ ।यसैगरी यस कुखुराको रगत सेतो रंगको हुने गरेको छ ।
संसारमै दुर्लभ मानिने यस कुखुरा इन्डोनेसिय बाट १९८८ देखि युरोपका बिभिन्न देशहरुमा निर्यात गर्न थालिएको थियो । हाल आएर युरोपका बिभिन्न देशमा समेत यस प्रजातिको कुखुरा पाउन थालिएको छ । पछिल्लो पटक २०१३ मा अमेरिकाको फ्लोरिडामा नेपाली रुपैंया दुई लाख ५० हजारमा सो कुखुरा बिक्री भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.