काठमाडौं— राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका सिके राउतलाई प्रहरीले पक्राउ गरेपछि नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको ट्विट सामाजिक सञ्जालमा भाइरल भएको छ ।
दुई वर्षअघिको डा.भट्टराईको ट्विटको आलोचना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्र विखण्डनकारीबारे डा.भट्टराईको नयाँ धारणा मागेका छन् ।
राउतलाई २०७१ भदौमा प्रहरीले मोरङ्गको रंगेलीबाट पक्राउ गरेको थियो । त्यतिबेला नेता भट्टराईले ट्विट गर्दै भनेका थिए, सिके राउतको विचारसँग हामी सहमत हुन सक्दैनौं तर उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ । उनलाई तुरुन्त रिहा गरियोस् ।
राउत पक्राउबारे यो पटक डा.भट्टराईले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...