-->
विल्सन बिक्रम राईको बलिउड लुक्स,अभिनेत्री आयशासँगको सेल्फीमा यस्तो देखिए

काठमाडौं । अभिनेत्री आयशा टाकियाले नेपाली हाँस्य कलाकार विल्सन बिक्रम राईसँगको तस्विर सेयर गरेकी छन् । अभिनेत्री आयशाले भर्खरै मात्र आफ्नो इस्टाग्रामबाट पोष्ट गरेकी एक सेल्फीमा नेपाली कलाकार विल्सन बिक्रम पनि देखिएका हुन् ।
अभिनेत्री आयशाले सेयर गरेकी तस्विरको क्याप्शनमा विल्सन बिक्रम राईसँग भनेर उल्लेख पनि गरेकी छन्, भने उनले सेयर गरेकी सो तस्बिरमा कलाकार राई चाइनीज बाबाको लुक्समा देखिएका छन् ।
सार्वजनिक सो सेल्फी कलाकार राई एक बलिउड फिल्मको सुटिङको क्रममा खिचिएको हो । तर, सो फिल्मको नाम भने सार्बजनिक गरिएको छैन । कलाकार राईको बलिउड डेब्यु सो फिल्ममा १५ दृश्यका लागि अनुबन्धित भएका कलाकार राई फिल्म सकाएर भर्खरै स्वदेश पनि फर्किसकेका छन् ।
पहिलो पटक बलिउडमा पाईला टेक्दै गरेका कलाकार राईले अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गरेका छन् । १५ सिनका लागि छनौटमा परेका कलाकार राईले फिल्मको पुरै सिन अभिनेत्री आयशासँग दिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.